डिजेल गाडीलाई बढाएको भाडा असुल्दै ईभी, १४ वटा कारबाहीमा

काठमाडौं । सरकारले इन्धनबाट चल्ने सवारी साधनका लागि बढाएको भाडादर विद्युतीय सवारी (ईभी)ले पनि असुल्ने गरेको पाइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीले गरेको चेकजाँचमा यस्तो भेटिएको हो ।

ट्राफिकले पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा संचालन हुने हायस, विङ्गर तथा विद्युतीय सवारी साधनहरूको विस्तृत चेकजाँच गरेको थियो ।

यस क्रममा बढी भाडा असुल्ने, भाडादर सूची नराख्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने १४ वटा सवारी साधनलाई आवश्यक कारबाही गरिएको कार्यालयले जनाएके छ ।

साथै, तोकिएको मापदण्ड विपरीत सञ्चालन भएका सवारी साधनका चालक तथा सहचालकलाई सचेतना दिँदै सम्झाई–बुझाई समेत गरिएको थियो ।

यसैबीच, यातायात व्यवस्था सवभागले पनि ईभीको भाडादर नबढेको र कसैले बढी असुलीमा कारबाही गर्न निर्देशन दिएको छ । इन्धनको मूल्य वृद्धि र अन्य विभिन्न सूचकमा आधारमा पेट्रोलियम सवारीको भाडा बढाइएको र सो भाडादर ईभीको हकमा लागू नहुने स्पष्ट पारेको छ ।


Back_to_top