काठमाडौं । भन्सार विभागले आर्थिक वर्ष २०७६/७७ मा भन्सार जाँचपास भएका सवारीसाधनको सूची प्रकाशन गरेको छ । बजेटअघि सूचना चुहावट गरेर १२० वटा सवारीसाधन छुटाइएको खबरहरु आउन थालेपछि भन्सार विभागले चालु आर्थिक वर्षको जेठ महिनासम्म आयात भएका सवारीसाधनको तथ्याङ्क सार्वजनिक गरेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा चालु आर्थिक वर्षको ११ महिनामा ५७४ यूनिट मात्र गाडी आयत भएको देखिएको छ । साथै, जेठ महिनामा ९३ यूनिट इलेक्ट्रीक गाडी आयात भएको हो ।
पेट्रोल तथा डिजेलबाट चल्ने गाडीको आयात पनि चालु आर्थिक वर्षमा ९ हजार ७७५ यूनिट मात्र रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६ हजार ८३८ यूनिटले कम हो ।



