काठमाडौं । सरकारले गत चैत ११ गतेबाट गर्दै आएको लकडाउन खुकुलो बनाउन चौतर्फी दाबा सृजना भएसँगै चरणवद्ध रुपमा लकडाउन खुकुलो बनाउदै जाने प्रस्ताब तयार भएको जनाइएको छ ।
सरकारले अहिले जेठ ३२ गतेसम्मको लागि लकडाउन घोषणा गरिसकेको अवस्था छ भने असार १ गतेबाट लकडाउन खुकुलो गर्दै जाने उच्चस्तरिय समन्वय समितिले प्रस्ताब तयार गरेको हो । अब यसलाई आगामी मन्त्री परिषद बैंठकमा पेश गरिने छ । मन्त्री परिषदबाट पास भएपछि मात्रै यसको कार्यान्वयन हुने छ ।
समितिले जेठ २५ गतेबाटै पसलहरु सामाजिक दुरी कायम गर्दै खोल्ने प्रस्ताब गरेको छ । यदि मन्त्री परिषदको बैंठकले समितिको प्रस्ताब अनुमोदन गरे आगामी जेठ २६ गतेबाट सवारीसाधनको शोरुमहरु खुल्ने छन् ।
त्यसैगरि ४० प्रतिशत क्षमतामा आन्तरिक उडान असार १ गतेबाट संचालन गर्न सकिनेगरि प्रस्ताव गरिएको छ । यसका अलावा समितिले आगामी भदौ अन्तिमसम्ममा क्रमिकरुपमा जनजिवन सामान्य बनाउन सकिनेगरि योजना तयार गरेको जनाएको छ ।


