चार ड्राइभिङ मोडमा चलाउन मिल्ने एमभी अगस्टाको नयाँ मोटरसाइकल

काठमाडौं । एमभी अगस्टा विश्वमा नै पावरफुल मोटरसाइकल निमार्ताको रुपमा परिचित ब्राण्ड हो । नेपालमा कम्पनीले उत्पादन गरेका मोटरसाइकल १ करोड ४२ लाखसम्ममा बिक्री हुँदै आएको छ । यस्तोमा इटालियन कम्पनीले अझै थप नयाँ मोडलहरु प्रिमियम मोटरसाइकलको रुपमा ल्याई रहेको छ ।

कम्पनीले नयाँ मोटरसाइकल ब्रुटल १०००आरआर लिमिटेड एडिसन बजारमा ल्याएको छ । तर, कम्पनीले ल्याएको यो मोडल एउटा मात्र उत्पादन गर्ने घोषणा गरेको छ । नेकेड डिजाइनमा आएको यो मोटरसाइकल विश्वमा नै एक जनाले मात्र किन्न पाउने छन् ।

ब्रुटल १०००आरआर एमएल ‘ब्रुटल १००० आरआर’कै लुकमा बजारमा आएको छ । ‘ब्रुटल १०००आरआर एमएल’मा ९९८ सीसी क्षमताको इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले २०५ बीएच पावर र ११५ एनएम टर्क प्रदान गर्छ । कम्पनीका अनुसार यसको उच्चगति ३०० किलोमिटर प्रति घन्टा रहेको छ ।

यसमा ५ इन्चको हाई रिजोलुसन कलर डिस्प्ले दिइएको छ । यसलाई चार ड्राइभिङ मोडमा चलाउन सक्ने छन् । जसमा रेस, स्पोटर्स, रेन र कस्टुम मोड उपलब्ध रहेका छन् ।


Back_to_top