सरकारले कर बढाएपछि ईभीको मूल्यमा कति असर ?

काठमाडौं । सरकारले विद्युतीय कारमा १० देखि १५ प्रतिशतले वृद्धि भएपनि बिक्रेताहरुले मूल्य नबढाउन सक्ने देखिएको छ ।

अघिल्लो वर्ष करिब १५ प्रतिशत माथि कर वृद्धि हुँदा मूल्यमा खासै परिवर्तन नगरेका ईभी बिक्रेताले यस वर्षपनि ईभीको मूल्य नबढाउने सम्भावना बढेर गएको हो ।

अहिले भएको कर वृद्धि अनुसार साना गाडीमा ३ लाखदेखि ठूला गाडीमा २० लाखसम्म मूल्य बढ्ने देखिन्छ । तर, अधिकांश बिक्री हुने विद्युतीय गाडी १०० किलोवाट मूनिका छन् । त्यसैले यी गाडीमा ३ देखि ५ लाखसम्म मूल्य बढ्न सक्ने देखिन्छ ।

विगतमा आयातकर्ताले जसरी बढेको मूल्यलाई आफैँले राखेका थिए, अहिले पनि त्यसलाई निरन्तरता दिन सक्नेछन् । अन्तर्राष्ट्रिय बजारमा कारको मूल्य २० प्रतिशत हाराहारीले गिरावट आएको समयमा सरकारले बढाएको करको असर त्यति ठूलो नपर्ने अनुमान लगाउन सकिन्छ ।


Back_to_top