म्याककिन्सेको रिपोर्टः अष्ट्रेलियामा ईभी चढिरहेका ४९% मानिस पुनः पेट्रोलमा फर्किदै

चीनमा बनेको टेस्ला कार हस्तान्त्रण कार्यक्रम ।

काठमाडौं । विश्व बजारमा इलेक्ट्रीक भेहिकलको बिक्री बढिरहेको छ । ईभीको बिक्री बढेसँगै पेट्रोलियम पदार्थबाट चल्ने कारको प्रयोगकर्ता थपिदै छन् ।

अमेरिकाले विद्युतीय कारको प्रयोग बढाउन सकिरहेको छैन । यस्तोमा अमेरिकी रिसर्च एजेन्सी म्याककिन्से एण्ड कम्पनीको रिपोर्ट बाहिर आएको हो ।

म्याककिन्सेका अनुसार अष्ट्रेलियाका ४९ प्रतिशत विद्युतीय कार प्रयोगकर्ताहरु ईभी छाडेर पुनः आइसीई इन्जिनमा फर्कने योजना बनाइरहेको उल्लेख छ । त्यस्तै, ४६ प्रतिशत अमेरिकी, ३८ प्रतिशत ब्राजिलियन, २८ प्रतिशत चिनियाँ प्रयोगकर्ता आफ्नो अर्को कार पेट्रोलियम पदार्थबाट चल्ने किन्ने योजनामा छन् ।

यूरोपकै पावर हाउस मानिने जर्मनीका २४ प्रतिशत ईभी चालकहरु पुनः आइसीईमा फर्किन चोहेका छन् । यो रिपोर्टले ईभी इन्फ्रास्ट्रक्चरको अभाव, महंगो ओनरशिप कस्ट र अल इलेक्ट्रीक फ्यूचरको अपरिहार्यतामा प्रश्न उठेको छ ।

रिपोर्टले थप कुरालाई प्रस्ट पारेको छ । पब्लिक चार्जरको अभावले धेरैलाई दिक्क बनाएको छ । चार्जिङ स्टेशनमा बस्नु पर्ने लामो लाइनले केही मानिस तत्कालै गाडी परिवर्तन गर्ने मुडमा पुगेको उल्लेख गरेका छन् ।

रिसर्चमा भाग लिएका कुल संख्याको ९ प्रतिशतले मात्र अहिले रहेको पब्लिक चार्जर नेटवर्कमा सन्तुष्ट रहेको बताए । विश्वका २९ प्रतिशत ईभी ओनर चार्जिङ नेटवर्कको समस्याकै कारण ईभी छाड्न चाहन्छन् ।

लङ रेन्ज भएको गाडी अत्याधिक महंगो हुनुले पनि मानिसलाई ईभी आकर्षित गर्न सकेको छैन । धेरै यात्रा गर्न गाडीमा ठूलो ब्याट्री चाहिन्छ । ठूलो ब्याट्री प्रयोग भएमा मूल्य धेरै तिर्नुपर्छ । जसले ओनरसीप कष्ट बढाउने छ ।

ईभीबाट फर्किन चाहने अन्य कारणहरुमा लामो ट्रिपमा सधै रेन्ज एन्जाइटी हुनु, आफ्नै घरमा चार्ज गर्न नसक्नु, चार्जिङको समयको क्यू र कुराई स्ट्रेसफुल हुनु, चार्जिङका लागि अनावश्यक रुपमा धाइरहनु पर्नु जस्ता कारण देखिएको छ ।

अहिले इभी धेरै बिक्री भइरहका १५ देशका ३० हजार ग्राहकहरुमा गरिएको यो अध्ययनले विश्वमा बिक्री हुने ८० प्रतिशत संख्यालाई प्रतिनिधित्व गरेको म्याककिन्सेले दावी गरेको छ । यो रिसर्चले विश्वका २९ प्रतिशत ईभी ओनरहरु ग्यासोलिनमा फर्कन चाहन्छन् भन्ने देखाएको उसको दावी छ ।

ईभीमा थुप्रै च्यालेन्जहरु भएपनि अहिले पेट्रोल कार चलाइरहेका धेरै मानिस ईभीमा आकर्षित हुँदै गएका छन् । अध्ययन अनुसार ३८ प्रतिशत नन् इभी ओनरहरुले आफ्नो अर्को गाडी प्लगइन हाइब्रिड वा प्योर ईभी हुने भनेका छन् । यस्ता मानिसको औषत दुई वर्ष अघिको तुलनामा एक प्रतिशतले बढेको हो ।

ईभी चलाइरहेकाहरु पेट्रोलमा फर्कनेभन्दा पेट्रोल चलाईरहेकाहरु ईभीमा जान चाहने धेरै रहेको रिपोर्टले देखाएको हो ।


Back_to_top