काठमाडौं । आफ्नो निर्माण क्वालिटीको कारण चीनमा सर्वाधिक सफल ब्राण्ड जीएसीले नेपालमा बिक्री सुरु गरेको तीन महिना हाराहारी भएको छ । जीएसी मोटर्सले नेपालमा आधिकारिक बिक्रेता सिजी मोटर्स मार्फत आफ्ना उत्पादन बजारमा ल्याएको हो ।
सिजी मोटर्सले उत्कृष्ट ब्यूल्ट क्वालिटी भएको जीएसी एवोन वाई मोडल बजारमा उपलब्ध गराएको छ । जीएसी मोटर्स चीनको ऑटोमोबाइल ब्राण्ड मध्ये गुणस्तर रेटिङमा नम्बर १ मानिदै आएको छ । अनुसन्धान, विकास र प्रविधिमा प्रसिद्ध छ। ब्राण्डले यूएईमा उत्तम चिनियाँ ऑटोमोबाइल ब्राण्ड र नाइजेरियामा ऑटोमोबाइल इन्टरप्राइज ऑफ़ द इयर जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेको छ ।
जीएसी मोटर्सको लिगेसीलाई कायम राख्दै ग्राहकलाई उच्च गुणस्तको सेवा उपलब्ध गराउने रणनीति अनुसार सिजी मोटर्सले काठमाडौंको थापाथलीमा स्तरिय शोरुम निर्माण गरिसकेको छ । साथै, कम्पनीले बिक्रीपछिको सेवामा समेत आफुलाई केन्द्रित गर्ने जनाएको छ ।
जसरी चीनमा जीएसीले आफ्नो गुणस्तरको माध्ययमबाट बलियो पकड बनाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो ब्यवसाय विस्तार गर्ने बुनिरहेको छ ।

