युरोपको लागि चांगानले बनायो ‘मास्टर प्लान’

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगानले विश्वबजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउने नीति अनुरुप युरोपका लागि आफ्नो मास्टर प्लान सार्वजनिक गरेको छ । यो योजनाअनुसार चांगानले यसै वर्ष युरोपमा आफ्नो न्यु इनर्जी भेहिकल ब्रान्डहरु दिपल, चांगान कियुआन र अवतारलाई डेब्यु गर्नेछ ।

साथै चांगानले युरोपमा प्लान्ट स्थापना गर्ने सम्भाव्यता खोज्न यसै वर्ष आफ्नो युरोपियन युनिट खोल्ने भएको छ । चांगानले सन् २०३० सम्ममा युरोपमा वार्षिक तीन लाख कार विक्री गर्ने लक्ष्य बाहिर ल्याएको हो ।

चांगानले युरोपमा सन् २०२७ सम्ममा थप ६ वटा मोडल सार्वजनिक गर्ने पनि उसको पछिल्लो लगानीकर्ता सम्बन्ध रेकर्डमा उल्लेख छ ।

चोंगकिंगमा मुख्यालय रहेको चांगान अटोले अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्न र प्लान्टहरु स्थापना गर्न गत वर्ष विश्व नीति बाहिर ल्याएको थियो । जसअन्तर्गत उसले चीन बाहिरका बजारमा आफ्नो उपस्थिति आक्रामक बनाउने लक्ष्य लिएको हो ।

मध्य र दक्षिण अमेरिकामा चांगान अटोको ध्यान इन्धनबाट चल्ने कारमा केन्द्रित हुनेछ । सन् २०३० सम्ममा उसले त्यो क्षेत्रमा दुई लाख वटा कार विक्री गर्ने लक्ष्य लिएको छ । चांगानले गएको फेब्रुअरीबाट मेक्सिकोमा आफ्नो विक्री इकाइ सुरु गरेको थियो ।

त्यसैगरी, मध्य र पूर्वी अफ्रिकामा उसले आईस इन्जिन र न्यु इनर्जी भेहिकल दुवैमा ध्यान केन्द्रित गर्नेछ । यो क्षेत्रमा उसको लक्ष्य दुई लाख कार बेच्ने रहनेछ । यसै वर्ष चांगानले मध्य पूर्वमा स्पेयर्स पार्ट्सको केन्द्रिय वेयरहाउस पनि स्थापना गर्नेछ ।

मध्यपूर्व एशियामा चांगानले थाइल्यान्डको रेयोंगमा प्लान्ट स्थापना गरिसकेको छ जसले वार्षिक एक लाख युनिट कार उत्पादन गर्न सक्छ । यो प्लान्ट आउँदो वर्षबाट कार्यान्वयनमा आउनेछ । त्यसको एक वर्षपछि यसको क्षमता दुई लाख युनिट पुर्याइनेछ । राइट हेन्ड ड्राइभ कार बनाउने यो केन्द्रले थाई स्थानीय एन्सिलरी उत्पादकहरुलाई ४.१ अर्ब डलरको व्यापार दिलाउने लक्ष्य लिएको छ ।

चांगानले यसै वर्ष अवतार ११, कियुआन इ०७ र लुमिनका मोडेलहरु थाइल्यान्डमा सार्वजनिक गर्नेछ । अर्को वर्षको अन्तसम्ममा थप ६ नयाँ कार ल्याउनेछ । चांगानलेले यो वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा मा पनि डुब्यु गर्नेछ । मध्यपूर्व एशिया र यी दुई मुलुकमा चांगानले वार्षिक तीन लाख युनिट कार बिक्री गर्ने लक्ष्य राखेको छ ।


Back_to_top