इलेक्ट्रीक कारको मूल्यमा व्यापक वृद्धि

काठमाडौं । सरकारले आज ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले इलेक्ट्रीक कारको मूल्यमा अन्य गाडी सरह भन्सार लगाएको छ भने अन्तःशुल्क पनि वृद्धि गरेको छ ।

सरकारले केही दिन अघि ल्याएको नीतित तथा कार्यक्रमलाई नै पछाडि धकेल्नेगरि इलेक्ट्रीक सवारीसाधनमा भन्सारमा व्यापक वृद्धि गरेको हो । यसअघि लाग्दै आएको १० प्रतिशत भन्सार दरलाई बढाएर ८० प्रतिशत पुर्याईएको छ भने अन्तःशुल्क पनि मोटर क्षमताको आधारमा लगाउने भएको छ ।

सरकाले बढाएको ८० प्रतिशत भन्सार र अन्तशुल्कको कारण अब एउटा गाडीको मूल्य तीन गुणासम्म बढ्ने भएको छ ।

यस्ता इलेक्ट्रीक कारको आयातमा सरकारले ५० प्रतिशत भन्सार छुट दिने कुरा आर्थिक अध्यादेशमा उल्लेख गरेको छ ।


Back_to_top