काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरू साट्दा ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट पाइने छ । साथै, १२० जना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्र मार्फत क्यास ब्याक प्रदान गरिनेछ ।
लक्की ड्र मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ ।
नजिकिँदै गरेको चाडपर्वलाई अझै विशेष रूपमा मनाउनका लागि तथा ग्राहकमा थप उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
एक्साइडको नेपालभर बृहत् सेल्स तथा सर्भिस नेटवर्क रहेको छ ।