जोमसोममा बन्यो पहिलो फास्ट चार्जिङ स्टेसन

काठमाडौं । भिजी मोटर्सले मुस्ताङ जिल्लाको जोमसोममा पहिलो पटक फास्ट चार्जिङ स्टेशन निर्माण गरेको छ । समुन्द्रि सतहबाट ८ हजार ९९९ फिट उचाईमा रहेको जोमसोममा कमर्सियल विद्युतीय सवारी साधनको लागि फास्ट चार्जिङ स्टेसन संचालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

भिजी मोटर्सले एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारी साधन बिक्री गर्दै आएको को आधिकारिक वितरक हो । मुस्ताङ जिल्ला जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरेका थिए ।

उक्त चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेट मै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्छन् । यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुने कम्पनीले जनाएको छ ।

भिजी मोटर्सले बिक्री गर्ने एसआरएम भ्यानले एकपटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । एसआरएमको भ्यान ११ सिटर, २ सिटर र ५ सिटरमा उपलब्ध छ ।

कम्पनीले जोलङको ईए४ ईए५ र ईए६ नेपाली बजार बिक्री सुरु गरेको छ । जोलङ ईए५ मोडल १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट आवरको ब्याट्री रहेको यो भ्यानले एकपटकको चार्जमा ३०० किलोमिटर माइलेज दिन्छ । ईए६ मोडल २० सिटको भ्यान हो । यसमा ८६.१ किलोवाट आवरको ब्याट्री छ, जुन एकपटकको चार्जमा ४०० किलोमिटर चलाउन सकिन्छ ।


Back_to_top