पुराना मोटरसाइकलको कर नतिरेकालाई सरकारले दियो जरिवाना छुट, कहिलेसम्म पाइने ?

काठमाडौं । बागमती प्रदेश सरकारले पुराना मोटरसाइकल धनीलाई जरिवाना छुट दिने भएको छ । बागमती प्रदेश सरकारले विगत लामो समयदेखि कर नतिरको मोटरसाइकलमा कुनै किसिमको जरिवान नलाग्ने व्यवस्था गरेको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् नै विगत ५ वर्षभन्दा लामो समयदेखि कर नतिरेका मोटरसाइकललाई जरिवाना छुटको व्यवस्था गरेको थियो । यो सुविधा प्रयोग गर्न चाहने मोटरसाइकल धनीले आगामी मंसिर मसान्तसम्ममा बाँकी रहेको रकम तिरे सुविधा पाउने छन् ।

प्रदेश सरकारले ५ वर्षभन्दा लामो समयदेखि कर नतिरेका सवारीधनीलाई आगामी मंसिरसम्म पुरानो बक्यौता कर तिर्न चाहे सबै जरिवाना मिनाहा हुने व्यवस्था प्रदेश आर्थिक ऐन २०७७ मा गरेको हो ।

के छ ऐनमा व्यवस्था

सवारी साधन कर प्रत्येक वर्ष तोकिएको अवधिमै तिर्नुपर्ने कानुनी व्यवस्था छ । यदि समयमा कर नतिरे अतिरिक्त समयको जरिवाना लाग्ने छ । नियमित ५ वर्षसम्म कर नतिरेका मोटरसाइकलको दर्ता नै खारेज हुने कानुनी व्यवस्था रहेको छ ।


Back_to_top