काठमाडौं । गत साता भारतले चन्द्रमामा पठाएको चन्द्रयानको सफल अवतरणपछि यसको चर्चा विश्वभर चलिरहेको छ । चन्द्रमाको दक्षिण ध्रुवमा अहिलेसम्म कुनैपनि देशले सफल ल्याण्डिङ गर्न सकेको थिएन ।
चन्द्रमाको दक्षिण धु्रवमा पुगेको पहिलो यान भएकै कारण यसप्रति चासो बढ्दो छ । यसले चन्द्रमाको थप तथ्यका साथै पानीको अवशेष बारेमा पत्ता लगाउने अनुमान गरिएको छ ।
यो यानसँगै चन्द्रमाको सतहमा गुड्ने एक रोभर गाडी पनि पठाइएको छ । ‘प्रज्ञान’ नाम दिएको उक्त रोभरले चन्द्रमाको सतहमा गुडेर १४ दिनसम्म तस्विर तथा अन्य बस्तुहरु संकलन गर्ने छ ।
चन्द्रमाको सतहमा गुड्न बनाइएको यो रोभर बारे केहि रोचक तथ्यहरु बाहिर आएका छन् । यसलाई हामीले यहाँ चर्चा गरेका छौं ।
एकदमै कम स्पीड
चन्द्रमाको सतहमा गुड्ने प्रज्ञान मुन रोभरको गति निकै स्लो रहेको छ । पृथ्वीभन्दा धेरै टाढा गएर काम गर्नु पर्ने भएकोले कुनै प्रकारको दुर्घटनामा नपरोस् भनेर यसको गति निकै कम गरिएको हो ।
तपाईलाई अचम्म लाग्न सक्छ, यसले एक सेकेन्डमा केबल १ सेन्टीमिटरको स्पीडमा यात्रा गर्न सक्छ । यसले एक घन्टामा ०.०३६ किलोमिटर यात्रा गर्नेछ ।
आयु नै १४ दिन !
प्रज्ञान रोभरको आयू पृथ्वीमा हुने १४ दिनको छ । जुन चन्द्रमाको दिनको हिसाबले १ दिन मात्रै हो । शोलार पावरबाट काम गर्ने भएको कारण १४ दिनपछि अर्को १४ दिन रात हुनेछ ।
चन्द्रमाको एक रात (पृथ्वीको १४ दिन) यो रोभर माइनस २३० डिग्री चिसोमा पावर सप्लाई विनानै बस्नेछ । भारतीय बैज्ञानीकहरु यो रोभर दुई हप्तासम्म सूर्यको प्रकाश र हिट बीन चल्छ वा चल्दैन भन्ने कुरामा ठोकुवा गर्न सकिरहेका छैनन् । तर, रात सकिएपछि चन्द्रमामा घाम लाग्ने छ अनि रोभर रिचार्ज भएर पुनः काममा फर्किने विश्वास बैज्ञानीकहरुले गरेका छन् ।
सपिङ ट्रली जस्त्रो साइज
चन्द्रमाको सरफेसमा गुड्ने यो रोभरको आकार कुनै गाडी जत्रो नभएर हामीले सपिङ मलमा गुडाउन प्रयोग गर्ने ट्रली जत्रो छ । यसको तौल जम्मा २६ किलोग्राम मात्रै छ ।
यसको डिजाइन रेक्ट्रङ्गुलर सेपमा गरिएकोे छ । माथि छतमा भने सोलार प्यानल जडान भएका छन् । उक्त शोलार प्यानलले ५० वाट पावर जेनेरेट गर्नेछ । यसको लम्बाई मात्र ३ फिटको छ । यो रोभरलाई इलेक्ट्रीक मोटरको सहायताले गुडाइएको छ ।
एडास फिचर
आजकलका अत्याधुनिक गाडीहरुमा भएजस्तै प्रज्ञान रोभरमा न्याभिगेसनका लागि धेरैवटा क्यामरा र सेन्सरहरु प्रयोग भएका छन् । तर, यो रोभर फुल्ली अटोनोमस भने होइन ।
यसको कन्ट्रोल पृथ्वीमा रहेको मिसन कन्ट्रोल सेन्टरमा रहेको छ । प्रज्ञान रोभर पृथ्वीसँग कम्यूनीकेसनका लागि ल्याण्डरबाट ५०० मिटरको दुरिसम्म मात्र यात्रा गर्न सक्छ ।
यूनिक रकर बुगि सिस्टम
चन्द्रमाको सतहमा धेरैवटा खाल्डाखुल्डी, ठूला ठूला ढुङ्गा र गहिरो खोचहरु छन् । त्यसकारण यो रोभरमा एक्ट्रीम अफरोड सस्पेन्सन सिस्टमको फिचर रहेको छ ।
यसमा ६ वटा चक्का दिइएको छ । जुन एल सेपको रकर बुगि सिस्टममा आधिरित छ । सानो साइज भएता पनि यसको रकर बुगि सिस्टमका कारण ५० एमएमसम्मको रेन्ज मुभमेन्ट रहको छ ।
यही सिस्टमका कारण रोभरको हाइटमा परिवर्तन नगराइकनै कुनै पनि चक्का तल र माथि गुड्न सक्छ ।

