काठमाडौं । फ्लाइङ कार निर्माता कम्पनी स्यामसन स्काईले आधिकारीक रुपमा सार्वजनिक हुनु पूर्वनै ८ सय युनिट कार अग्रिम बुकिङ्ग भएको जनाएको छ । कारको अग्रिम बुकिंग गर्ने २४ देशमध्ये अमेरिकाकै ४६ राज्य रहेका छन् । कम्पनीले फ्लाइङ कारको नाम स्वीचब्लेड राखेको छ ।
प्रायः कार बुकिङ्ग गर्नेमा क्लालिफोर्निया, फ्लोरिडा र टेक्सासका ग्राहक रहेको कम्पनीले जनाएको छ । २०१७ सेभ्रोले कोरभेटको जस्तै उच्च पफर्मेन्समा निर्माण भएको यो कार हावा र जमिन दुबैमा ३ सय ५ किलोमिटर प्रतिघन्टा गुड्न सक्ने कम्पनीले जनाएको छ ।
स्यामसन स्काइले स्टान्र्डड विमानजस्तै विंग र सिटको कन्फ्रिग्रेसन भने हटाएको छ । यो कार हावामा प्रतिघन्टा २ सय ५७ किलोमिटर र जमिनमा २ सय १ किलोमिटर प्रतिघन्टा गुड्न सक्छ । स्वीचब्लेडलमा प्रयोग गरिएको फोर सिलिन्डर यूक्त इन्जिनले उच्चतम १९० बिएचपी पावर उत्पादन गर्ने गर्छ ।
कारको उडान सुरु गर्नको लागि सर्वप्रथम रनवेको आवश्यकता पर्ने देखिएको छ । स्वीच ब्लेडको टेक अफकालागि १ हजार १ सय फिटका साथै ल्यान्डिङको लागि १६ सय फिट रनवेको आवश्यक पर्ने देखिएको छ ।
स्यामसन टिमले स्वीचब्लेडको विकास गर्नको लागि एक दशकदेखि प्रयास गर्दै आएको थियो भने हाल भिटिओएल भेइकल र सेमी अटोनोमोस फ्लाइट निर्माणको तयारी गर्दै आएको छ ।

