फोर्सको लग्जरी ‘अर्वानिया’ भ्यान, नेपालमा बुकिङ खुल्दै

काठमाडौं । फोर्स कमर्शियल मोटर्सले हालै भारतको इन्दौरमा भएको डिलर मिटमा नयाँ भ्यान लन्च गरेको छ । लग्जरी भ्यानको रुपमा आएको अर्वानियामा १०, १३ र १७ सिटर क्षमता गरी तीन अप्सन पाउन सकिन्छ ।

भारतमा सुरुवाती मूल्य २८ लाख ५० हजार रुपैयाँ तोकेर विक्री सुरु भएको अर्वानियाको नेपालमा कुन कुन भेरियन्ट आउने छ भन्ने विषयमा केही खुलाईएको छैन । फोर्सका गाडी नेपालमा आयाम इन्टरकन्टिनेन्टल प्रालिले विक्री वितरण गर्दै आएको छ ।

आयामका चेयरम्यान ध्रुव थापाले आफ्नो शोसल मिडिया पेजबाट चाँडै नेपालमा पनि अर्वानीयाको बुकिङ खोल्न लागिएको जानकारी दिएका हुन् । उनले यसको मूल्यको विषयमा भने केही खुलाएका छैनन् ।

फोर्सले अर्बानीयाको उत्पादनका लागि  ‘स्टेट अफ आर्ट’ नयाँ म्यानुफ्याक्चरिङ प्लान्ट लगाएको हो । अर्वानिया नयाँ प्लेटफर्मसहित डिजाइन, डेभलपमेन्ट तथा उत्पादनको लागि फोर्स मोटर्सले १ हजार करोड लगानी थप गरेको जनाएको छ । उक्त नयाँ प्लान्टबाट सुरुमा मासिक १ हजार र माग अनुसा आवश्यक परेमा मासिक २ हजार यूनिट भेहिकल उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

कम्पनीले अर्वानियालाई विश्व बजारमा विक्री गर्ने योजना बनाएर तयार गरेको जनाएको छ । यसलाई आसीयान, मिडल इस्ट, साउथ अमेरिका र अफ्रिकी मुलुकमा समेत विक्री गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

फोर्स अर्वानिया एसयूभी र एमपीभी अनुभव प्रदान गर्ने भ्यान हो । यसको बडी डिजाइन आकर्षक देखिएको छ । सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, एलइडी डीआरएल, एलइडी सिग्नेचर ल्याम्पको साथै लाइट गाइड टेक्नलोजी यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि यो भ्यानमा हिलहोल्ड असिस्ट, इएसपी, एबीएस, इबीडी, इटीडीसी, अलह्वील भ्यान्टीलेटेड डिस ब्रेक दिइएको छ । आरामदायी यात्राको लागि भ्यानमा सिट अनुसार एसी भेन्ट, रिक्इनीङ सिट, हरेक प्यासेन्जरको लागि बत्ती र यूएसबी चार्जिङ पोर्ट र सिल्ड प्यानारोमीक विण्डोको साथै वेस्ट इन क्लास क्यावीन र स्ट्याण्डीङ स्पेस रहेको छ ।

 


Back_to_top