५७ लाखमा १५ सिट भएको इलेक्ट्रीक ईभी भ्यान, वारेन्टी पनि धेरै

काठमाडौं । फोटोनले ५७ लाख मूल्य तोकेर फोटोनको इलेक्ट्रीक भ्यान नेपाल ल्याएको छ । कम्पनीले ल्याएको माइक्रो भ्यान १५ सिट क्षमताको हो ।

वृद्धि मोटोकर्पले नेपाल ल्याएको फोटोनका भ्यानहरु यूरोपियन मापदण्ड पुरा गरेका छन् । ५ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी दिइएको ५०.२३ किलोवाट आवरको ब्याट्री यसमा उपलब्ध छ । वारेन्टीका हिसावले पनि फोटोनको माइक्रो भ्यान अब्बल देखिन्छ ।

फराकिलो भित्री स्पेश, एसी सहितको आरमदायी सिट र चालकको सहजताको फिचर लोडेड क्याविन यसको बलियो पक्ष हो । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कम्पनीले आज ईभी भ्यान सार्वजनिक गरेको हो ।

ईभी भ्यान सार्वजनिक गर्दै फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले भने, ‘धेरै फिचर र फराकिलो क्याविनको कारण यसलाई सहज उपयोग गर्न सकिन्छ । साथै, अत्यन्त कम सर्भिस खर्च लाग्ने भएको कारण सवारीधनीले थप बचत गर्न सक्छन् ।’

विश्वका १३० भन्दा धेरै देशमा बिक्री हुँदै आएको फोटोनका उत्पादन नेपाल ल्याएको जानकारी दिदै एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘फोटोन गाडी मात्रै बनाउँदैन, लगातार प्रविधिसँग अद्यावधिक रहने इनोभेसन आर्किटेक्चर पनि हो । हामी गाडी बिक्री मात्रै गर्दैनौ, चार्जिङ पूर्वाधार विस्तार पनि गर्दैछौं । यसले यातायात क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ ।’


Back_to_top