काठमाडौं । भदौ अन्तिममा बीवाइडीले नेपाल ल्याएको डल्फीन ह्याचव्याक थुप्रै देशमा वेष्ट कारको अवार्ड जित्न सफल भएको छ । यूरोप होस् वा दक्षिण अमेरिका या एशिया सबै ठाँउमा डल्फीनको क्रेज देखिन्छ ।
नेपालमा पनि साइमेक्स इंकले भदौ अन्तिममा भएको नाडा अटो शो २०२३ मार्फत बिक्री सुरु गरेको डल्फीनले निकै राम्रो ब्यापार गर्न सफल भएको छ । मेरोअटो टीमले गरेको टेष्ट ड्राइभमा पनि हामीले डल्फीनको क्रेज बढ्नुको कारण खोज्ने प्रयास गरेका थियौं ।
हामीले यसलाई चलाउँदा यसको पर्फमेन्स, सेफ्टी, लग्जरी, ब्याट्री रेन्ज, गाडीको बनोट, मूल्य र रोड प्रेजेन्सलाई ध्यानमा राखेका थियौं । यी सबै कुराहरु भिडियोमा उल्लेख छ ।
भिडियो सुटिङपछि पनि थप २०० किलोमिटर हाराहारी चलाएका थियो । हामीले चलाएको आधारमा डल्फीन सम्बन्धी हाम्रो निस्कर्ष हेर्नुहोस् भिडियोमा ।

