काठमाडौं । फोटनको नयाँ इलेक्ट्रीक भ्यान नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले १४ सिट र १५ सिट क्षमता भएको माउन्टे इभी भ्यान सार्वजनिक गरेको हो ।
कम्पनीले १४ सिट क्षमताको माउन्टेन भ्यानको मूल्य ५८ लाख ९९ हजार र १५ सिट क्षमताको मूल्य ५७ लाख ४९ हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
फोटन नेपालले एकै दिन माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू डेलिभरी समेत दिएको हो ।
फोटन माउन्टेन भ्यानमा ५३.५८ किलोवाट आवरको ब्याट्री उपलब्ध रहेको छ । जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्ज दिने कम्पनीको दावी छ । साथै, यो सेग्मेन्टमै सबैभन्दा धेरै क्षमता भएको १३० किलोवाट क्षमातको मोटर उपलब्ध छ । यसको अधिकतम पावर ३३० एमएम टर्क जेनेरेट गर्छ ।
उक्त कार्यक्रममा बोल्दै एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, ‘आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं, यो एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।’
यसका अलावा यो भ्यानमा अटो होल्ड कन्ट्रोल, स्मार्ट पार्किङ असिस्ट, हिल होल्ड कन्ट्रोल, दुईवटा ड्राइभिङ मोड जस्ता फिचर उपलब्ध छन् ।