स्कोडा फाबियाको नयाँ मोडल आउने, यस्तो देखियो इन्टेरियर

काठमाडौं । स्कोडाले नेपाल प्रबेश गरेसँगै आएको फाबिया निकै सफल मोडलको रुपमा रहेको थियो । तर, नेपालमा विक्री सुरु भएको केहि समयपछि नै स्कोडाले भारतमा फाबियाको विक्री बन्दगर्दा नेपालमा पनि बन्द भएको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा फाबियाको चौथो जेनेरेशन मोडलको चर्चा चुलिएको छ । कम्पनीले यसको चौथो जेनेरेशनमा व्यापक पमिार्जन गर्ने तयारी गरिरहेको छ । मे महिनाको पहिलो हप्तामा नै ग्लोवल प्रिमियर गर्ने तयारी भइरहेको फाबियाको इन्टेरियर स्केच कम्पनीले सार्वजनिक गरेको हो ।

फक्सवागन समूहको नयाँ प्ल्याटर्फम ‘एमक्यूबी–ए जेरो’मा पहिलो पटक फाबिया आउन लागेको हो । प्रिमियम कारमा उपलब्ध हुने सबै किसिमको फिचर रहने नयाँ फाबियाले चालकलाई उत्कृष्ट ड्राइभिङ अनुभब प्रदान गर्ने बताइएको छ ।

पहिलोको तुलनामा नयाँ फबिया ठूलो र फराकिलो हुने अनुमान गरिएको छ । तस्विरमा देखिए अनुसार यसको ड्यासबोर्डमा फ्लोटिङ डिस्प्ले उपलब्ध रहने छ । सेन्टर कन्सोलमा दिइएको कलर स्कीम, गोलो आकारको एयर भेन्ट दिइएको देखिन्छ ।

विभिन्न तीन इन्जिन अप्सनमा आउन लागेको फाबियामा १.० लिटर नेचुरल एस्पायर्ड, १.० टर्बो र १.५ लिटर टर्बो इन्जिन रहने छ ।

विश्व बजारमा आएसँगै स्कोडाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले यसलाई नेपाल ल्याउने छ वा छैन त्यस विषयमा अहिले कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top