काठमाडौं । चेरी होल्डिङ र ज्यागुअर ल्याण्ड रोभर मिलेर चीनमा उत्पादन भएको फ्रिल्याण्डर पहिलो पटक सार्वजनिक भएको छ । प्रिमियम अफरोड एसयूभीको रुपमा कम्पनीले यसलाई बजारमा उतारेको हो ।
यसको सबैभन्दा बलियो पक्ष ८०० भोल्ट आर्किटेक्चरमा बनेको हाइब्रिड मोडल हो । ६०.३३१ किलोवाट आवरको ठूलो ब्याट्री प्रयोग भएको हाइब्रिड एसयूभीको प्योर ईभी रेन्ज २२१ रहेको छ ।
सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्री ६सी चार्जिङ सपोर्ट गर्ने ब्याट्री हो । यसले सजिलै ३५० किलोवाटको चार्जर सपोर्ट गर्छ ।
फ्रिल्याण्डर ८ एसयूभीमा ‘आई-एटीएस’ इन्टेलिजेन्ट अल टेरेन सिस्टम दिइएको छ । यसको सफ्टवयर हुवावेले बनाएको हो । हुवावेले नै बनाएको एडास ५ इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स प्रयोग भएको छ ।
फ्रिल्याण्डर ८ को छतमा ८९६ लाइन लाइडार प्रयोग भएको छ । क्वालकमको स्न्याप ड्रागन ८३९७ फ्ल्यागशिप चीप प्रयोग भएको एसयूभी ३ भेरियन्टमा उपलब्ध हुनेछ । कम्पनीले प्रो, म्याक्स र म्याक्स प्लस भेरियन्टमा फ्रिल्याण्डर ८ ल्याउन लागेको हो ।


