काठमाडौं । फोर्ड मोर्टसको नयाँ उत्पादन क्रस ह्याचब्याक फ्रिस्टाइल नेपाली बजारमा सार्वजनिक भएको छ । फोर्डको नेपालको लागि आधिकारीक बिक्रेता गो फोर्डले उक्त क्रसकार आज नेपाली बजारमा सार्वजनिक गरेको हो ।
२६ अप्रिलका दिन दिल्लीमा सार्वजनिक भएको यो कार त्यसको ५ दिनपछि नेपाली बजारमा सार्वजनिक गरिएको हो । नयाँ फ्रिस्टाइल पेट्रोल इन्जिनमा मात्रै नेपाली बजारमा उपलब्ध छ ।
याे पनि पढ्नुहाेस्ः फोर्ड फ्रिस्टाइल सार्वजनिक, भारतमा मूल्य ५ लाख ९ हजार, नेपालमा कति पर्ला ?
फोर्ड फ्री स्टाइलको सुरुवाति मूल्य २६ लाख ९९ हजारबाट सुरु भएर फुल अप्सनको मूल्य ३६ लाख ९९ हजार कायम गरिएको गो फोर्डले जानकारी दिएको छ ।
यस्ता छन् विशेषता
पेट्रोल भेरिएन्टको यो कारमा, ड्रयागन परिवारको नयाँ १.२ लिटर ३ सिलिन्डर इन्जिनमा उपलब्ध हुने छ, जसले ९६ पीएसको पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । यो कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
सेफ्टीको लागि ६ एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, ट्रेक्शन नियन्त्रण प्रणाली, रियरभियु क्यामेरा र इमरजेन्सी असिस्टेन्सजस्ता सुविधा पाइने छ । यसबाहेक कारमा ६.५ इन्चटचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि–लेस ईन्ट्री, अटो हेडल्याम्पस् , रेन–सेन्सिङ वाईपर, १५–ईन्च अलो हुइल दिइएको छ ।