काठमाडौं । ग्वान्झाओ अटो मोवाइल कम्पनी (जीएसी) को न्यू इनर्जी ब्राण्ड एओनले १० लाख युनिट बिक्रीको आँकडा पार गरेको छ । जीएसी एओनले १० लाख युनिट बिक्री पुरा गर्न ४ वर्ष ८ महिना लगाएको हो ।
एवोन छोटो समयमै १० लाख युनिट बिक्री गर्ने ईभी कम्पनी बनेको छ । सन् २०१७ मा स्थापना भएको एवोन सुरुवातमा जीएसी न्यू इनर्जीको नामले चिनिन्थ्यो । पछि सन् २०२१ मा नाम परिवर्तन भई जीएसी एवोन भएको हो ।
नविनतम प्रविधि, उत्कृष्ट पर्फमेन्स र दिगोपनलाई ध्यान दिएर उत्पादन हुँदै आएको एवोनको क्रसओभर मोडल एवोन वाई नेपाली बजारमा पनि उपलब्ध रहेको छ ।
चीनमा रहेको दुई प्लान्टबाट उत्पादन भइरहेको एवोनको बार्षिक उत्पादन क्षमता ८ लाख युनिट छ । एवोनको बिक्री सन् २०१९ मा ४२ हजार बाट बढेर सन् २०२३ मा ४ लाख ३४ हजारभन्दा बढि भएको थियो ।
जीएसीले गत जुन महिनामा १ लाख ९५ हजार ३०० युनिट उत्पादन गरी १ लाख ७८ हजार ९०० युनिट बिक्री गरेको थियो । चिनियाँ उत्पादक जीएसीले जापनीज कम्पनीहरु होन्डा, मित्सुबिसी र टोयोटासँग सहकार्य गरेर ईभी उत्पादन गर्दै आएको छ ।


