अन्य प्रदेशमा दर्ता भएको मोटरसाइकल र कार गण्डकीमा सार्दा छुट पाइने

काठमाडौं । गण्डकी प्रदेश सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले अन्य प्रदेशमा दर्ता कायम भएका सवारी साधन गण्डकी प्रदेशमा स्थानान्तरण गर्दा छुट दिने भएको छ ।

प्रदेश सरकारको बजेटले दर्ता स्थानान्तरण गरेर आउने सवारी साधनलाई दर्ता शुल्कमा ७५ प्रतिशत र पहिलो वर्षको नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

साथै प्रदेशले सवारी साधनको जाँच पास र बाटो इजाजत पत्रमा लाग्ने नवीकरण ६–६ महिनामा गर्नु पर्ने यसअघिको व्यवस्थालाई संशोधनगरि वार्षिकरुपमा गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

प्रदेश सरकारले ल्याएको नयाँ नीतिले अन्य प्रदेशबाट गण्डकी प्रदेशमा स्थानान्तरण हुने मोटरसाइकल, स्कुटर, कार, जिप, बस, ट्रकदेखि सबै किसिमका हेभी इक्पमेन्टले यो सुविधा पाउने छन् ।

साथै, बजेटले निषेधाज्ञाको कारण समयमा सवारी साधनको वार्षिक कर कर तिर्न उपस्थित हुन नसकेका करदातालाई निषेधाज्ञा सकिएको ६० दिन भित्र तिर्न आउँदा थप शुल्क र जरिवाना नालाग्ने व्यवस्था गरेको छ ।


Back_to_top