बागमती प्रदेशमा विद्युतीय गाडी प्रयोग बढाउन ‘स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर’ बन्ने

काठमाडौं । हिजो असार १ गते बागमती प्रदेशले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकास गर्ने योजना अगाडी सारेको छ । त्यसको लागि काठमाडौं–मुग्लिङ्ग र भरतपुर–भरतपुर सडकखण्डको उपयुक्त स्थानमा निजी क्षेत्रसँग सहकार्य गरेर ‘स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर’ निर्माण गर्ने उल्लेख छ ।

यसरी निर्माण हुने ‘स्मार्ट रिफ्रेस एण्ड ट्रान्सफर सेन्टर’मा गाडीको चार्जिङ सुविधा सहित मनोरञ्जन र फुड कोटहरु निर्माण हुने छन् ।

साथै, बागमती प्रदेश सरकारले ५० करोड रुपैयाँ खर्च गरेर विद्युतीय बस संचालन गर्ने उल्लेख गरेको छ । यस्तै कार्यक्रम चालु आर्थिक वर्षमा भएपनि त्यसलाई प्रदेश सरकारले खर्च गर्न सकेको छैन ।

प्रदेश सरकारको बजेटमा यातायातका राजस्व लगायतका सेवा विद्युतीय प्रणालीबाट संचालन गर्न आवस्यक बजेटको व्यवस्था गरेको उल्लेख गरिएको छ ।


Back_to_top