काठमाडौं । विदेशमा रहेका नेपालीले अबदेखि सम्बन्धित देशमा रहेका नेपाली दुतावासबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गर्नसक्ने भएका छन् ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाटै लाइसेन्स प्रमाणीकरणको व्यवस्था मिलाइएको जानकारी गराएको हो ।
‘विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।
यससँगै विदेशमा रहेका हजारौं नेपालीलाई सहज हुने भएको छ ।


