गौशाला-चाबहिल सडकखण्ड निर्माण तिब्रगतिमा (फोटोफिचर)

काठमाडौं । लकडाउनको समयमा गौशाला-चाबहिल सडकखण्डको काम द्रुतगतिमा भइरहेको छ । सडक विभागले रिङ्गरोडको उक्त खण्डको सडक पुनः निर्माणलाई तिव्रता दिएको हो ।

सडक निर्माणको काम बैशाख अन्तिमसम्ममा सक्ने योजना सडक बिभागले बनाएको भएपनि नेपाल विद्युत प्राधिकरण र खानेपानी आयोजनाले समयमा नै काम नसक्दा कालोपत्रे गर्ने काममा ढिलाइ भएको हो ।

‘हामीले आफ्नो योजना अनुसार नै कालोपत्रे गर्ने काम अगाडि बढाएका थियौ । प्राधिकरणले पाइपलाइन अन्डरग्राउन्ड गर्ने काम समयमा नसक्दा केही दिन ढिला भएको हो । अब केही दिनमा नै सबै काम सम्पन्न हुन्छ’, विभागका महानिर्देशक केशबकुमार शर्माले भने ।

आगामी हप्तामा काम सम्पन्न गर्नेगरि काम भइरहेको काममा लागेका मजदुरहरु बताउँछन् । अहिले पानी परेर काममा केही समस्या भएको भएपनि काम नरोकि अगाडि बढी रहेको छ ।

सरकारले जेठ २० गतेसम्म लकडाउन थप गरेको छ । उक्त दिनसम्म सडक निर्माण सक्नेगरि काम भइरहेको सडक विभागको भनाइ छ ।


Back_to_top