काठमाडौं । नेपालका लागि जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी प्रायोजन गर्ने भएको छ ।
आइतबार एक कार्यक्रमका बीच एलआरआर मोटर्स र सुदूरपश्चिम रोयल्स बीच प्रायोजना सम्झौता सम्पन्न भएको हो ।
सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र एलआरआर मोटर्सका प्रबन्ध निर्देशक (म्यानेजिङ डाइरेक्टर) जीवन जंग शाहीले हस्ताक्षर गरे ।
यससँगै साविकको बड्डाउ अब ‘जिली बड्डाउ’को नाममा रिब्राण्डिङ भएको हो । एलआरआर मोटर्सले नेपालमा जिलीको ईएक्स फाइभ ईभी बिक्री गर्दै आएको छ । कम्पनीले हाल जिली ईएक्स फाइभ म्याक्स र प्रो भेरियन्ट बेचिरहेको छ ।
यस जर्सी प्रायोजन सम्झौतासँगै ‘जिली बड्डाउ’ले अब जिली ईएक्स फाइभको ब्राण्ड प्रमोसनमा संलग्न हुने छन् । एलआरआर मोटर्सका प्रबन्ध निर्देशक शाहीले सफल टोली सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छौं । यो सम्झौताले सुदूरपश्चिमको विजय यात्रामा हाम्रो सकारात्मक योगदान हुनेछ,’ शाहीले भने ।
सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले प्रतियोगिताका लागि एलआरआर मोटर्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘मस्कट’ बड्डाउ प्रतियोगितामा फरक रौनक थप्ने एक माध्यम हो । अब यो रौनकसँगै एलआरआर मोटर्स पनि जोडिएको छ,’ खड्काले भने ।
साविक उपविजेता सुदूरपश्चिम रोयल्स यो सिजन पनि पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ ।

