काठमाडौं । एलआरआर मोटर्स प्रालिले प्रिमियम इलेक्ट्रीक एसयूभी जिली ईएक्स फाइभ म्याक्समा आकर्षक नयाँ वर्ष योजना ल्याएको छ ।
कम्पनीले जिली ईएक्स फाइभ म्याक्समा ‘नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव’ योजना ल्याएको हो ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत जिली ईएक्स फाइभको म्याक्स भेरियन्ट खरिद गर्ने ग्राहकले दुई जनाका लागि ६ रात ७ दिनको थाइल्याण्ड भ्रमणको विशेष अवसर पाउने छन् ।
यसका अतिरिक्त ग्राहकले स्मार्ट कफी मेसिन, एडाप्टर चार्जर, आकर्षक नगद छुट, ह्यासल फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क पाउने छन् ।
यो योजना २०८२ चैत १ गतेदेखि २०८३ वैशाख ७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गई यस अफरको फाइदा लिन सक्नेछन् ।
एलआरआर मोटर्सका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठले नयाँ वर्षमा ग्राहकलाई उपहार स्वरुप आकर्षण अफर ल्याएको बताए ।
‘नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकहरूलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले हामीले जिली ईएक्स फाइभ म्याक्समा यो आकर्षक योजना ल्याएका हौं । विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै हामीले ग्राहकलाई थप मूल्य दिने गरी थाइल्याण्ड भ्रमणदेखि लिएर बीमा, रोड ट्याक्स र अन्य सुविधाहरू समेटिएको प्याकेज तयार गरेका छौं,’ उनले भने ।
यस योजनाले ग्राहकहरूलाई प्रिमियम इलक्ट्रिीक एसयूभी अनुभवसँगै नयाँ वर्षको खुशी पनि थप विशेष बनाउने उनको विश्वास छ ।

