काठमाडौं । चिनियाँ अटोमोवाइल जायन्ट जिली होल्डिङले नयाँ लिथियम आयोन फस्फेट व्याट्री बनाएको छ । कम्पनीले बनाएको ‘नेक्स्ट जेनेरेशन ब्लेड ब्याट्री’ हो ।
‘एजिज सर्ट व्लेड ब्याट्री’ नाम दिइएको नयाँ जेनेरेशन ब्याट्री वेस्ट इन क्लास लाइफ, वेस्ट इन क्लास चार्जिङ स्पीड र वेस्ट इन क्लास सेफ्टी फिचर समावेस भएर आएको हो । ५८० एमएम लम्बाई रहेकाे याे ब्याट्री पहिलाकाे भन्दा ४० प्रतिशत सानाे रहेकाे छ जसले गर्दा ५० प्रतिशतले स्थान जाेगाउछ ।
नयाँ ब्याट्रीको इनर्जी डेन्सीटी १९२ वाटआवर प्रतिकेजी रहेको छ । यसको लाइफ ३५ सय साइकल रहने कम्पनीले जनाएको छ । यसको चार्जिङ साइकल अनुसार ब्याट्री क्षमतामा डिग्रेडेसन नभइकन १० लाख किलोमिटरसम्म ईभी चलाउन सकिन्छ ।
यदि कुनै ईभी बार्षिक २० हजार किलोमिटर गुड्ने हो भने नेक्सट जेनेरेस ब्लेड ब्याट्रीको सर्भिस लाइफ ५० वर्षसम्म हुनेछ । अहिले चल्तीमा रहेको लामो साइजको व्लेड ब्याट्रीमा रहेको हाई इन्टरनल रेसिस्टेन्सको समस्या नयाँ ब्याट्रीले समाधान गरेको छ ।
नयाँ जेनेरेशन ब्लेड ब्याट्रीमा आयोन ट्रास्मिसनका लागि लामो पातलो साइजको कार्बन नानोट्यूबहरुको प्रयोग गरिएको छ । त्यहि कारण फास्ट चार्जिङ क्षमता बढेको हो ।
सामान्य ब्लेड ब्याट्रीलाई १० बाट ८० प्रतिशत चार्ज गर्नका लागि २६ मिनेट लाग्छ । यसको एभरेज चार्जिङ रेट १.६१सी रहेको छ । तर एजिज सर्ट व्लेड व्याट्रीको नयाँ टेक्नलोजीका कारण १० बाट ८० प्रतिशत चार्ज गर्न मात्र १७ मिनेट ४ सेकेन्ड लाग्छ । यसको चार्जिङ स्पीड २.४५ सी रहेको जिली अटोले टेस्ट डाटा प्रकाशित गरको हो ।
त्यस्तै ब्याट्रीको एक्स्टीम कोल्ड वेदरमा रिटेन्स क्यापासिटी पनि लङ व्लेड ब्याट्रीको भन्दा धेरै रहेको छ । माइनस ३० डिग्री टेम्प्रेचरमा लङ व्लेड व्याट्रीमा ७८.९६ प्रतिशतले कम भएकोमा एजिज सर्ट व्लेड ब्याट्रीमा ९०.५४ प्रतिशत कायम रहेको थियो ।
सेफ्टीका मामलामा पनि एजिज सर्ट व्लेड व्याट्री उत्कृष्ट रहेको छ । यसमा हाइस्टेन्थ थर्मल स्टेबल, हिट रेसिस्टेन्ट डायाफ्रामको साथमा हाइ स्टेबल डायाफ्रामको प्रयोग गरिएको छ ।
कम्पनीले दुर्घटनाको समयमा सर्ट सर्किट हुन नदिनका लागि इलेक्ट्रोड सरफेसमा इनहाउस विकास गरेको सेल्फ फिउजीङ टेक्नोलोजीको प्रयोग गररेको छ । जिली देखाएको टेस्टमा एजिज सर्ट ब्लेड ब्याट्रीमा एकैपटक ८ वटा ५ एमएम डायमिटरको स्टील ब्याट्रीमा ठोकेर १ घण्टासम्म त्यतिकै छोडिदा पनि कुनै रियाक्सन भएको थिएन ।
यसका अलावा एजिज सर्ट ब्लेड ब्याट्रीमा सी वाटर करोजन इमर्सन, माइनस ३५ डिग्री टेम्प्रेचरमा ८ घण्टासम्म एक्ट्रीम कोल्ड इन्भारोमेन्ट, हाइ फ्रिक्वेन्सी प्याक बटम स्क्रयापिङ, २६ टन ओरवेट रोलिङ, सिङ्गल प्याक साइड कोलुजन, १००० डिग्री टेम्प्रेचरमा १३० सेकेण्डसम्म फायर रोस्टीङ जस्ता ६ प्रकारको एक्ट्रीम टेस्ट गरियको जिली अटोले जनाएको छ ।
कम्पनीले नयाँ एजिज सर्ट ब्लेड ब्याट्री पहिलो पटक आफ्नो ग्यालेक्सी सिरिजको ई५ अल इलेक्ट्रीक एसयूभीमा प्रयोग गर्ने भएको छ । यसअघि सीएटीएलको ब्याट्री प्याक प्रयोग गर्दै आएको जिलीले अब आफ्नै ब्याट्री प्रयोग गर्नेछ ।

