काठमाडौं । रोयल इनफिल्डले अबको १७ दिनपछि भारतीय बजारमा ४५० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले रोयल इनफिल्ड गुरिल्ला ४५० जुलाई १७ तारिखमा सार्वजनकि गर्ने भएको हो ।
यसअघि धेरै पटक परिक्षणको क्रममा देखिएको गुरिल्ला ४५० अर्को महिना सार्बजनिक हुने मिति तय भएको छ । कम्पनीका सीर्इओले आफ्नो सामाजिक संजाल मार्फत जुलाई १७ मा मोटरसाइकल सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।
बजारमा आउने क्रममा रहेको गुरिल्ला ४५० मोटरसाइकलमा हिमालयन ४५० मा जस्तै सर्कुलर एलईडी हेड्ल्याम्प, टेल ल्याम्प र फ्युल ट्यांक दिइएको छ ।
यस मोटरसाइकलमा सिंगल पिस सिट, टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लूटुथ कनेक्टिभिटी, स्वीचेवल रियर एबीएस, राइड मोड, राइड बाइ वायर थ्रोटल जस्ता फिचर उपलब्ध छ ।
त्यस्तै, यसमा १७ इन्चको अलोय ह्वील, ट्युवलेस टायर, मोनोसक सस्पेन्सन, अप साइड डाउन फर्क, डवल डिस्कब्रेक, डवल च्यानल एबीएस जस्ता फिचरहरु पाउन सकिन्छ ।
रोयल इनफिल्ड गुरिल्ला ४५० मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डिओएचसी एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै म्याक्सिमम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्ससँगै स्ट्यान्डर्ड स्लीप र असिस्ट क्लच पनि रहेको छ ।


