यामाहा एफजेडएस भी ३ किनेका गिरीले जिते १० लाख

काठमाडौं । यामाहाले ल्याएको दशैं स्कीममा १० लाख जित्ने पहिलो बिजेता घोषणा भएको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले ल्याएको ‘बिगेस्ट १०शैं’ अन्तर्गत बुटवलबाट यामाहा बाइक किनेका बालकृष्ण गिरीले १० लाख रुपैयाँ नगद जितेका हुन् ।

यामाहा नेपालले काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त विजेता घोषणा गरेको हो ।

वुटबलमा रहेको यामाहाको आधिकारिक डिलर बुटवल बाइर्कसबाट एफजेडएस भी ३ किनेका बालकृष्ण गिरीले नगद १० लाख जितेका हुन् ।
यामाहाले पत्रकार सम्मेलन गर्दै लाइभ कार्यक्रममा विजेता घोषणा गरेको हो भने उक्त कार्यक्रममा नायिका प्रियंका कार्कीका साथै यामाहाका नव नियुक्त सिइओ दिपक अग्रवालसमेत सहभागी रहेको थिए ।

एमएडब्लू राइडले फेस्टिभ सिजनको अवसरमा सार्वजनिक गरेको ‘बिगेस्ट १०शैं’ अन्तर्गत यामाहाका कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गरेर नगद १० लाखसम्म नगद छुटका साथै एक्सचेन्ज, फाइनान्स सुविधाहरु समेत उपलब्ध गराउँदै आएको छ ।


Back_to_top