स्विस रिसर्च एजेन्सीले हरेक कम्पनीले ल्याउने नयाँ बस्तुहरुमा गरिएको इनोभेशनका आधारमा उत्कृष्ट १०० कम्पनीको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसुङ पहिलो स्थानमा रहेको छ भने १०० औं स्थानमा थ्रिडी प्रिन्टीङ कम्पनी स्ट्रट्यास रहेको छ ।
रिसर्च एजेन्सी इकोनसाइटका अनुसार उसले यो रिसर्चमा टेक्नोलोजी र इनोभेसनलाई मुख्य आधार बनाएर गरेको हो । कम्पनीले विश्वमा रहेका १००० कम्पनीको अध्ययनबाट उत्कृष्ट १०० कम्पनी छनोट गरेको दाबी गरेको छ ।
यहाँ हामीले उत्कृष्ट १०० भित्र पर्न सफल अटोमोबाइल कम्पनीहरुको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।
गाडी उत्पादन गर्ने कम्पनी मध्ये सूचीको छैटौं स्थानमा अमेरिकी कम्पनी फोर्ड परेको छ । फोर्ड सन् २०१८ को सूचीभन्दा ५ स्थान सुधार गर्न सफल भएको हो ।
त्यसैगरी सूचीको १० औं स्थानमा फक्सवागन समूह, १३ औं स्थानमा टोयोटा मोटर कर्पोरेशन, १५ औं स्थानमा अमेरिकी जनरल मोर्टस, २२ औं स्थानमा डेन्सो मोटर, २५ औं स्थानमा बिएमडब्ल्यू, २९ औं स्थानमा कन्टिनेन्टल मोटर रहेका छन् ।
सूचीको ३० औं स्थानमा मित्शुवीसी, ३४ औं स्थानमा होन्डा मोटर्स, ३६ औं स्थानमा हुन्डाई, ४७ औं स्थानमा अलिवावा मोटर, ५७ औं स्थानमा विटक्री, ६० औं स्थानमा जिली, ७८ औं स्थानमा निसान र ८० औं स्थानमा मग्ना इन्टरनेशनल परेका छन् ।
उत्कृष्ट १०० को सूचीको ९० औं स्थानमा चेरी, ९१ औं स्थानमा ओमरानो, ९३ स्थानमा टाटा, ९५ स्थानमा सेञ्जेन मोटर पर्न सफल भएका छन् ।
उक्त सूचीमा टेक कम्पनीको दबदबा रहेको छ भने २१ वटा अटोमोटीभ कम्पनी पर्न सफल भएका छन् ।
सूचीमा सबैभन्दा धेरै अमेरिकी कम्पनीहरु रहेका छन् ।



