काठमाडौं । केही समय अगाडिबाट नेपाली बजारमा थाइल्यान्डको जीपीएक्स ब्रान्डका मोटरसाइकलको बिक्री वितरण सुरु भइसकेको छ । जीपीएक्सका लागि नेपालको आधिकारीक बितरक ओमेगा अटोमोबाइल्स प्राइभेट लिमिटेडले आगामी नाडा अटो शोमा जिपीएस ब्रान्डका मोटरसाइकलको प्रदर्शनी गर्ने भएको छ ।
कम्पनीले १५० सीसी सेग्मेन्टमा डेमोन १५० जीएन, २०० सीसी सेग्मेन्टमा लेजेन्ड २०० र जेन्टलम्यान २०० मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । यी मोटरसाइकलमा समावेश विशेषता र मूल्य यस्तो रहेको छ ।
डेमोन १५० जिएन
‘डेमोन १५० जिएन’ १५० सीसी क्षमताको मोटरसाइकल हो । कम्पनीले यो मोटरसाइकल ३ लाख ९६ हजार ७ सय रुपैयाँमा बिक्री गर्ने भएको छ । यसमा उपलब्ध इन्जिनले ६ हजार ५ सय आरपीएममा १३.६ एनएम टर्क र ८ हजार आरपीएममा १४.२ बिएच पावर अधिकतम उत्पादन गर्छ ।
इलेक्ट्रीक प्रणालीबाट स्टार्ट हुने यो मोटरसाइकलमा ५ स्पीड गियर बक्स जडान गरिएको छ । यसको अगाडि र पछाडि दुवै टायरमा सिंगल डिस्क ब्रेक जडान गरिएको छ भने, ८ लिटर क्षमताको इन्धन ट्यांकी जडान गरिएको छ ।
मोटरसाइकलको टायरमा १४ इन्चको रिम रहेको छ । यसको अगाडिको टायर १२०/७० र पछाडीको पाङ्ग्रामा १४०/७० आकारको टायर प्रयोग गरिएको छ ।
लेजेन्ड २००
कम्पनीले नाडा अटो शोमा सार्वजनिक गर्ने भएको यो मोटरसाइकलको मूल्य ४ लाख ६३ हजार ७ सय रुपैयाँ रहेको छ । लेजेन्ड २०० मा उपलब्ध इन्जिनले ८ हजार आरपीएममा १८.५ एनएम र ८ हजार आरपीएममा २१.५ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।
इलेक्ट्रीक सिस्टमबाट स्टार्ट हुने बाइकको अगाडि टायरमा डबल डिस्क ब्रेक र पछाडीको टायर सिंगल पिस्टन क्यालिपर ब्रेक दिइएको छ ।
यो बाइकको लम्बाई २०१० एमएम, चौडाई सात ७५० एमएम र उचाई १००० एमएम रहेको छ भने, सिट हाइट ७९० एमएम रहेको छ । यसमा १३४० एमएमको ह्वीलवेश दिइएको छ । १४० किलोग्रामको यो मोटरसाइकलको कन्सोलमा डुयूल स्पीड मिटर जडान गरिएको छ भने पावरफूल हेडलाइट प्रयोग गरिएको छ ।
जेन्टलम्यान २००
यो मोटरसाइकलको मूल्य ५ लाख ८३ हजार ७ सय रुपैयाँ तोकिएको छ । यसमा उपलब्ध ४ स्ट्रोक, सिंगल सिलिन्डर आयल कुल्ड इन्जिनले ८००० आरपीएममा २१.५ बीएचपी र ८००० आरपीएममा १८.५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ को स्पीड गियर बक्स जडान गरिएको छ ।
यो मोटरसाइकलको लम्बाई २०२० एमएम, चौडाई ७९० एमएम र उचाई ११६० एमएम रहेको छ । यसमा १२४० एमएमको ब्हीलबेस रहेको छ । यसको तौल १६० किलोग्राम रहेको कम्पनीले जनाएको छ ।
बाइकमा १२ लिटर क्षमताको इन्धन ट्यांकी जडान गरिएको छ भने, अगाडिको टायरमा डलब डिस्क ब्रेक, एड्जस्टेबल मोनोसकको विशेषता दिइएको छ । अगाडि र पछाडिको टायरमा १७ इन्चको रिम प्रयोग गरिएको छ । यसमा अगाडिको टायर ११०/७० र पछाडीको पाङ्ग्रामा १४०/७० आकारको टायर प्रयोग हुन्छ ।

