हार्ले डेभिट्सन र हिरो मोटोकर्प बीच सम्झौँता, नयाँ प्रिमियम सिरिज आउने

हार्ले डेभिट्सन र हिरो मोटोकर्प बीच एक सम्झौँता भएको छ । सम्झौँता अनुसार भारतमा हार्लेका मोटरसाइकल बिक्री र सर्भिसको जिम्मा हिरोले पाएको छ । साथै हिरोले भेलिका दिनमा प्रिमियम मोटरसाइकलको एक सिरिज निर्माण गर्ने उल्लेख गरिएको छ ।

यसले हिरो मोटोकर्प प्रिमियम मोटरसाइकलमा प्रबेश गर्ने छ । हिरो भारतको सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक कम्पनी हो भने नेपालमा पनि हिरोको मोटरसाइकल बिक्री वितरण हुँदै आएको छ ।

नयाँ सम्झौँता अनुसार अब भारतमा हिरोको नेटवर्कबाट हार्लेका मोटरसाइकल बिक्री तथा सर्भिस प्रदान हुने छ । यसको असर भने नेपालमा पर्ने छैन । नेपालमा हिरो मनपराउने ग्राहकको लागि भने प्रिमियम सेग्मेन्टमा आउने नयाँ मोटरसाइकलले अवस्य तान्ने छ ।

पुरै सम्झौँता हेर्न यहाँ क्लिक गर्नुहोस् ।


Back_to_top