काठमाडौं । हुन्डाईको नयाँ जेनेरेशन आई २० आगामी नोभेम्बर ५ मा सार्वजनिक हुने भएको छ । कम्पनीले नयाँ जेनेरेशन आई २० इलाईट आगामी हप्ता भारतमा सार्वजनिक गर्ने भएको हो ।
हुन्डाईको निकै सफल प्रिमियम ह्याचव्याक कार इलाईट आई २० सुरुमा सार्वजनिक हुने छ । त्यसको केहि महिनापछि मात्रै आई २० एक्टीभ बजारमा आउने छ ।
रिपोर्टहरुका अनुसार कम्पनीले नयाँ जेनेरेशन आई २० मा तीन इन्जिन अप्सन दिने छ । जसमा हुन्डाई भेन्यूमा रहेको १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर कपा पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने छ ।
नयाँ जेनेरेशन आई २० इलाईटमा डियुल टोन अलोय ह्वील, ठूलो हेग्जागोनल ग्रिल, नयाँ हेडल्याम्प, फग ल्याम्प र एलइडी टेलल्याम्प दिइएको छ ।
पहिलो पटक सनरुफका साथ ल्याउने तयारी भइरहेको उक्त कारको ड्यास बोर्ड पहिला भन्दा निकै प्रिमियम हुने जनाइएको छ तर, यो विषयलाई कम्पनीले आधिकारीक पुष्टि भने गरेको छैन । यदि यसमा सनरुफ दिइने हो भने यो सेग्मेन्टमा नै पहिलो सनरुफ युक्त कार हुने छ ।
नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि आधिकारीक बिक्री वितरण गर्दै आएको हुन्डाई आई २० को नयाँ जेनेरेशन मोडल सन् २०२१ को सुरुवातमा मात्रै आउने अनुमान गर्न सकिन्छ ।

