मृत्युशैयाबाट बाइक राइडरले हार्लेको आवाज सुनाइदिनुस् भनेपछि…

बाइक राइडरहरु आफ्नो बाइकलाई कति माया गर्छन्, कति चाहान्छन् भन्ने कुरा एक घटनाले पुष्टि गरेको छ । बाइक राइडरहरुमा कति आत्मियता हुन्छ र एक अर्कालाई कतिसम्म मद्धत गर्न तयार हुन्छन् भन्ने कुराको उदाहारण  नै एउटा घटनाले स्थापित भएको छ । 

लामो समयसम्म हार्ले डेभिड्सन बाइक चलाएका एक राइडरले आफ्नो जीवनको अन्तिम इच्छाको रुपमा हार्ले बाइकको आवाज सुन्न चाहेका थिए । 

६१ वर्षिय हार्ले राइडर क्यान्सरसँग जुधिरहेको थिए । उनले आफ्नो जीवनकालमा लामो समयसम्म हार्लेको बाइक चलाएका थिए । लामो समयसम्म हिडडुल गर्नसमेत नसक्ने भएका जोन स्टनले आफ्नो अन्तिम इच्छा हार्ले बाइकको (रोर) आवाज सुन्ने चाहना राखेको कुरा शोसल मिडियमा पोष्ट गरेका थिए ।

हार्लेको ‘राइड फर ब्रदरहुड’ भन्ने नारा नै रहेको छ । उक्त घटनाले यो नारासमेत सिद्ध भएको छ, स्टनलेको चाहना पूरा भएसँगै । जोनले जब सामाजिक सन्जालमा स्टाटस सार्वजनिक गरे तब हार्लेका २०० भन्दा धेरै राइडरहरु जोनको घर अगाडि जम्मा भए र आफ्नो बाइक स्र्टाट गरेर इन्जिन रोर गर्न सुरु गरे । हार्लेको आवाजले जोनको घरको झ्यालहरु थर्किन सुरु भयो । जोनको श्रीमतीले उनलाई घर बाहिर लिएर आइन र उनले ती हार्लेका राइडहरुलाई हात उठाएर सम्बोधन गरेका थिए ।

जोनले क्यान्सर हुनु भन्दा केही पहिला मात्र हार्ले बाइक खरिद गरेका थिए र उनले त्यो बाइक तीन पटक रोर गरे । उक्त घटनाले उपस्थित सबै आश्चर्य चकित मात्र पारेन भावुकसमेत भए ।  

त्यसैगरी जोनको घर अगाडि हालेको आवाज गुन्जिएको २ घन्टा पश्चात् उनको मृत्यु भयो । उनकी श्रीमतीका अनुसार जानेले सुनेको अन्तिम आवाज बाइकको आवाज नै भयो र उक्त घटनाले जोन निकै खुसी भएको उनले बताइन् ।   


Back_to_top