मारुती सुजुकीले भारतीय बजारमा नयाँ माइक्रो एसयूभी ल्याउने तयारी गरेको छ । कम्पनीले एस क्रशमा आधारित नयाँ माइक्रो एसयूभी बजारमा ल्याउने तयारी गरेको हो । कम्पनीले उक्त एसयूभीको नाम ‘जेन’ राख्ने तय गरेको छ ।
यस माइक्रो एसयूभीमा अप राइट फ्रन्स फेसिका, थिक पिलर, कम्प्याक रियर इन्डसँगै उच्च ग्राउन्ड क्लियरेन्सको विशेषता दिइएको छ भने ड्यासबोर्ड नजिकै लार्ज डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । यो एसयूभीको बिक्री आगामी सेप्टेम्बर वा अक्टोम्बरबाट हुने कम्पनीले जनाएको छ ।
यसैबीच, सुजुकीले पछिल्लो समय भारतमा लागु हुने नयाँ इमिसन मापदन्ड बीएस–६ मा आधारित मोडलको निर्माणसँगै पुराना मोडलको अपग्रेड गर्ने काम गरिरहेको जनाएको छ ।
कम्पनीले केही दिनअघि मात्रै सोही अवधारणामा निर्मीत बलेनो बजारमा ल्याएको थियो । बलेनोमा १.२ डबल जेट पट्रोल एसएचभीएस इन्जिन लगाइएको छ । साथै, कम्पनीले इन्ट्री लेभल अल्टो के–१० सार्वजनिक गर्ने तयारी गरेको छ । यस मोडलमा एबीएस, इबीडी, ड्राइभर साइड एयरब्याग, रिभर्स पार्किङ सेन्सर र हाइ स्पीड अलर्ट सिस्टम, ड्राइभर सिट बेल्ट रिमाइन्डर लगायतका विशेषता दिइएको छ ।
कम्पनीले २०१८ अटो एक्स्पोमा फ्युचर एसबारे जानकारी दिएको थियो । यो अवधारणामा बजारमा आउने नयाँ माइक्रो एसयूभीले भने महिन्द्रा केयूभी–१०० र टाटाको आउँदै गरेको एचटूएक्स हर्नविलसँग प्रतिस्पर्धा गर्ने आँकलन कम्पनीले गरेको छ ।
यो नयाँ मोडलसँगै मारुती सुजुकीले आफ्नो भारतीय बजारको हिस्सा समेत बढ्ने अनुमान गरेको छ । अहिले सुजुकीले भारतीय बजारमा करिब ५१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

