काठमाडौं । टाटा ह्यारीयर ईभीको क्र्यास टेस्ट रिपोर्ट बाहिर आएको छ । भारत एनक्याप क्र्यास टेस्टमा ह्यारीयरले फाइभ स्टार रेटिङ पाएको रिपोर्ट बाहिर आएको हो ।
आज सार्वजनिक भएको रिपोर्ट अनुसार ह्यारीयर ईभीमा बयस्क यात्रुको सुरक्षामा ३२ मा ३२ अंक दिइएको छ । साथै, बालक यात्रुको सुरक्षामा ४९ मा ४५ अंक प्राप्त भएको भारत एनक्यापले जनाएको छ ।
भारत एनक्यापका अनुसार ह्यारीयरको इन्ट्री भेरियन्ट र टप भेरियन्ट दुबैको क्र्यास टेस्ट गरिएको थियो । दुबैले टेस्टमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । टाटाले यसलाई सुरक्षीत बनाउन स्टायण्डर्ड रुपमै ६ एयरब्याग, प्यासेन्जर साइड एयरब्याग जस्ता फिचर दिएको छ ।
टाटाले ह्यारीयर ईभीमा अगाडि र पछाडि दुईवटा मोटर दिएको छ । पछाडि ह्वीलमा १७५ किलोवाट र अगाडि ११५ किलोवाटको मोटर छ । दुवै मोटरको संयुक्त पावर ३९० एचपी हुन्छ । यसले ५०४ न्युटन मिटर टर्क प्रदान गर्छ ।
ह्यारीयर ईभीमा टाटाले ‘क्वाड ह्वील ड्राइभ’ दिएको छ । अगाडि र पछाडिका ह्वील ड्राइभले संयुक्त रूपमा काम गर्ने भएकोले अफरोडमा चलाउन निकै सहज बनाएको छ ।
टाटाले ह्यारीयर ईभीमा २५.३ डिग्री अप्रोच एङ्गल, २६.४ डिग्री डिपार्चर एङ्गल र १६.६ डिग्री ब्रेक ओभर एङ्गल दिएको छ । अफरोड जानको लागि यसमा स्याण्ड, मड रट्स, स्नो/ग्रास, रक क्रल र कसटुम मोड दिइएको छ ।
समग्रमा यसमा ६ ड्राइभिङ मोड पाउन सकिन्छ । त्यही अफरोड क्यापाबिलिटीका कारण ह्यारियर ईभी केरलाको इलेफेन्ट रक चढ्न सफल पहिलो भेहिकल भएको हो ।
भारतीय कार निर्माताले ह्यारीयर ईभीमा सेल्फ पार्किङ फिचर दिएको छ । कम्पनीले सानो साइजको स्लिक सर्कुलर सेपमा ‘रिमोट की’ दिएको छ । यसमा सेल्फ पार्किङ सहितको ‘समेन मोड’ पाउन सकिन्छ । साथै यसको किलाई फोनमा सेटअप गरेर डिजिटल ‘की’समेत बनाउन सकिन्छ । यदि, फिजिकल वा डिजिटल की दुवै छुटेमा तेस्रो अप्सनको रूपमा एनएफसी कार्ड पनि प्रयोग गर्न सकिन्छ ।


