भारतकै सबैभन्दा ठुलो अटो एक्सपोको १५ औं संस्करणमा हिरो इलेक्ट्रिले मोटरसाइकल प्रदर्शन गर्ने भएको छ । हिरो मोटोकर्पले भने अटो एक्सपोको १५ औं संस्करणमा सहभागिता नजनाउने भएको छ ।
अटो एक्सपो नजिकिँदै गर्दा हिरो इलेक्ट्रीक मोटरसाइकलको ‘स्पाइ’ तस्विर सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त तस्विरमा पूर्णरुपमा छोपिएको मोटरसाइकल नेकेड स्र्पोर्टस् डिजाइनमा देखिएको छ । ट्रेली फ्रेम, ५ स्पोक ह्वील, सार्प र्र्याक एगंल, यूएडी र्फक, बेल्ट ड्राइभ जस्ता फिचर देखिएको छ । यसको डिजाइनले यो मोटरसाइकल प्रिमियम देखिएको छ ।
कम्पनीले यसको बारेमा कुनै आधिकारीक जानकारी भने सार्वजनिक गरेको छैन् । बजारमा हल्ला चले अनुसार यसको मूल्य १ लाख ५ हजार अनुमान गरिएको छ । यसले ८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्छ भने १२० किलोमिटर रेन्ज प्रदान गर्छ ।
हिरो इलेक्ट्रीक मोटरसाइकलमा टीएफटी इन्स्टुमेन्ट कन्सोल रहने अनुमान गरिएको छ । यसमा स्मार्ट कनेक्ट फिचर समेत उपलब्ध हुने अनुमान गरिएको छ । यसका निकाल्न मिल्ने ब्याट्रि प्याक रहने छ । लुधियानामा आधारित इलेक्ट्रीक मोटरसाइकल कम्पनीको यो मोटरसाइकलले रेभोल्ट आरभी ४०० सँग प्रतिस्पर्धा गर्नेछ ।

