तिहारमा हिरो ल्याउँदै इलेक्ट्रीक स्कुटर

लकडाउन पश्चात् भारतमा हिरो मोटोकर्पले ठूलो परिमाणमा मोटरसाइकल तथा स्कुटर बिक्री गरिरहेको छ । कम्पनीले पछिल्लो महिना ५ लाख ४४ हजार यूनिट बिक्री गर्न सफल भएको तथ्यांक सार्वजनिक गरेको छ ।

यो आँकडामा कम्पनीले ठूलो हिस्सा मोटरसाइकलको छ भने, स्कुटर सेग्मेन्टमा राम्रो पर्फमेन्स गर्न सकेको छैन ।

यसैबीच हिरो मोटोकर्पले इलेक्ट्रीक सवारी साधन उत्पादन गर्ने भएको छ । कम्पनीले सुरुवाति चरणमा हिरो डूएट र डेस्टीनीलाई इलेक्ट्रीक भर्सनमा ल्याउने भएको हो । यस्तै कम्पनीले आफ्नो सफल स्कुटर प्लेजर प्लसको समेत इलेक्ट्रीक भर्सन ल्याउने अनुमान गरिएको छ ।

कम्पनीका चेयर म्यान पवन मुन्जालका अनुसार दिपावलीमा हिरोले इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्नेछ । ‘कुनै समय हामीसँग स्कुटरमा १९ प्रतिशत मार्केट रहेको थियो अबको केही समयपछि हामी फेरी त्यो स्थानमा पुग्नेछौं’, मुन्जालले भने ।

यससँगै हिरो मोटोकर्पले भारतीय बजारमा स्कुटर सेग्मेन्टमा आक्रामक बजार बिस्तार गर्ने लक्ष्य लिएको छ ।

भारतमा स्कुटर सेग्मेन्टमा होन्डा लिडर रहेको छ भने टीभीएस दोस्रो स्थानमा रहेको छ । यस्तै सुजुकी तेस्रो स्थान बनाउन सफल रहेको छ ।


Back_to_top