हिरोले बढायो सबै मोटरसाइकलको मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं । सीजी मोटर्सले हिरोका सबै मोटरसाइकलको मूल्य वृद्धि गरेको छ ।

कम्पनीले माघ २० गतेदेखि लागू हुने गरी मोटरसाइकल लाइनअपमा एक्सपल्स, एक्स्ट्रीम १२५ आर, एक्स्ट्रीम १६० आर र स्प्लेन्डरको मूल्य वृद्धि गरेको हो ।

कम्पनीले मोटरसाइकल अनुसार १५ हजार रुपैयाँसम्म मूल्य बढाएको हो । कम्पनीले स्प्लेन्डर १२५ को मूल्य २ हजार रुपैयाँ बढाउँदै २ लाख ४९ हजार ९०० रुपैयाँ पुर्याएको छ । यसअघि यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै, सीजी मोटर्सले हालैमात्र नेपाली बजारमा भित्र्याएको एक्स्ट्रीम १२५ आर र १६० आर ४ भीको मूल्य ५र५ हजार रुपैयाँ बढाएको छ । कम्पनीले २ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको एक्स्ट्रीम १२५ आरको सीबीएस भेरियन्टको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ पुर्याएको छ । त्यस्तै, एबीएस भेरियन्टको मूल्यमा ३ लाख १६ हजार ९०० रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, एक्स्ट्रीम १६० आरको मूल्य १२ हजार रुपैयाँले बढाएको छ । कम्पनीले यसअघि कम्पनीले ३ लाख ८४ हजार तोकेर सार्वजनिक गरेको एक्स्ट्रीम १६० आर फोर भीको नयाँ मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, एक्सपल्स २०० फोर भी र प्रो मोडलमा क्रमशः १० हजार र १५ हजार रुपैयाँले बढाएर ४ लाख ७४ हजार ९०० र ४ लाख ९९ हजार ९०० रुपैयाँ पुर्याएको छ । एक्सपल्स २०० फोर भीको पुरानो मूल्य ४ लाख ६४ हजार ९०० र ४ लाख ८४ हजार ९०० रुपैयाँ रहेको थियो ।


Back_to_top