हिरोले साना मोटरसाइकलमा ३ हजारले मूल्य बढाउँदा एक्सपल्समा धेरै बढायो

काठमाडौं । हिरोले मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । कम्पनीले मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्यवृद्धि गरेको हो ।

हिरो मोटोकर्पका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले मोटरसाइकल बिक्री सुरु गरेको ३ महिनामै दुई पटक मूल्य वृद्धि गरेको हो ।

यसअघि कम्पनीले मोटरसाइकल सार्वजनिक गर्दा एउटा मूल्य र त्यसको भोलिपल्ट नै नयाँ मूल्य सार्वजनिक गरेको थियो । फेरी कम्पनीले नेपालमा बिक्री हुँदै आएको सबै मोडलको मूल्य वृद्धि गरेको हो ।

यसअघि बिक्री हुँदै आएको बीएस ४ मोडलका स्प्लेन्डर प्लस र सुपर स्प्लेन्डर नेपाल आएको छ । साथै, थोरै परिमार्जन गरेर एक्सपल्स २०० फोर भी र अल न्यू जुम ११० स्कुटर बिक्री गर्दै आएको छ ।

सिजी मोटर्सले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका साना मोटरसाइकलमा ३ हजार रुपैयाँ र एक्सपल्स २०० फोर भीमा ५ हजार रुपैयाँले मूल्य बढाएको हो ।

नयाँ मूल्यसूचीका अनुसार एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ४ लाख ५४ हजार ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै ३ हजार रुपैयाँले मूल्य वृद्धि भएको सुपर स्प्लेन्डर र स्प्लेन्डर प्लसको मूल्य क्रमशः २ लाख ४६ हजार ९०० र २ लाख १० हजार ९०० रुपैयाँ भएको छ ।

त्यस्तै स्कुटरतर्फ जुम ११० को दुबै भेरियन्टमा ३ हजार रुपैयाँले मूल्य वृद्धि भएको छ । जुम भीएक्सको नयाँ मूल्य २ लाख ५२ हजार ९०० र जुम जेडएक्सको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ भएको हो ।


Back_to_top