रोयल इनफिल्डको रोपाइ राइड सम्पन्न

काठमाडौं । रोयल इनफिल्डले रोपाइ राइड सम्पन्न गरेको छ । रोयल इनिफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभको संलग्नतामा राष्ट्रिय धान दिवशको अवसरमा रोपाइ राइड आयोजना गरेका हो ।

बारा पर्साका लागि रोयल इनफिल्डका आधिकारिक विक्रेता, नोभस ब्रदर्सले सफलतापूर्वक रोपाइँ राइड सफलतापूर्वक सम्पन्न गरेको हो ।

रोपाइ राइड राष्ट्रिय धान दिवसको अवसरमा शनिबार बिहान ७ः३० बजे वीरगन्जस्थित रोयल इनफिल्ड शोरुमबाट ठोरीसम्म आयोजना गरिएको थियो ।

यो राइडमा करिब २५ जना सहभागीहरू रहेका थिए । राइडको उद्देश्य राष्ट्रिय धान दिवसको महत्त्वलाई उजागर गर्दै कृषिको व्यावसायिकता प्रवर्धनमा टेवा पुगोस् र कृषिमा आधुनिकीकरण रहोस् भनी जागरण गर्नु थियो ।

ठोरीमा सबै राइडरहरूले रोपाइ कार्य, बाउसे एवं रोपाइका गतिविधिमा संलग्न भइ बाइक प्रेमीहरुले रोमाञ्चक अनुभव संगालेको कम्पनीले जनाएको छ ।

नोभस ब्रदर्स प्रालिका प्रबन्धनिर्देशक अनुप अग्रवालले सहभागी भएका सबै बाइकप्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए भने अल्फा अटोमोटिभ प्रालिका नेशनल कार्ट हेड दिपेश श्रेष्ठले सेफ राइडिङ र रोड क्याप्टेनका भूमिका निर्वाह गरेका थिए ।


Back_to_top