काठमाडौं । स्काईवोर्थका ११ सिट क्षमताका इलेक्ट्रीक भ्यान नेपाली भन्सारमा आइपुगेको छ । स्काईवर्थका डी-१० विद्युतीय भ्यानहरु तातोपानी भन्सार आईपुगेको हो ।
फेयरमी मोटर्सले नेपाल ल्याएको स्काईवर्थका विद्युतीय भ्यानहरु नाडा अटो शो २०२४ बाट बिक्री सुरु हुने अनुमान गरिएको छ ।
यसअघि स्काईवेलका बिद्युतीय कार जी मोटर्सले ल्याएको कारण धेरैले त्यहि कम्पनीले माइक्रो भ्यान पनि नेपाल ल्याएको हुन सक्ने अनुमान लगाएका थिए । तर, स्काईवेर्थका भ्यानलाई फेयरमी मोटर्सले ल्याएको हो ।
स्काईवोर्थ डी-१० मा ५२.४८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई फुल चार्ज गरेर सजिलै २५० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।
यसमा ६० किलोवाट क्षमताको डिसी चार्ज लाग्छ । उक्त चार्जरले ४५ मिनेटमा २० देखि १०० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । डी-१० भ्यानको टप स्पीड क्षमता १ सय किलोमिटर प्रतिघन्टा छ ।
स्काईवोर्थ डी-१० को लम्बाई ५२०० एमएम, चौडाई १७०० एमएम र उचाई २०८० रहेको छ । यसमा ह्वील बेस भने २८९० एमएम लामो पाउन सकिन्छ ।
कम्पनीले यसमा फ्रन्टमा डिस्क र रियर ड्रम ब्रेक दिएको छ । बजारमा यो सेग्मेन्टमा उपलब्ध ईभीहरुको मूल्य ४५ लाख हाराहारी रहेकोले यसको मूल्य पनि त्यस्तै रहन सक्ने आँकल गरिएको छ ।