केही समय अगाडि हिरो मोटोकर्पले भारतको जयपुरमा प्रर्दशन गरेको हिरो प्यासन प्रो सार्वजनिक गरेको छ । कम्पनीको सीआइटीमा भएको हिरो वल्र्ड २०२० मा प्रर्दशन गरेको प्यासन प्रो सार्वजनिक गरेको हो ।
कम्पनीले प्यासन प्रो, ल्यामर १२५ र एक्स्ट्रीम १६० आर प्रर्दशन गरेको थियो । अझै एक्स्ट्रीम १६० आर र ग्ल्यामर १२५ भने सार्वजनिक गरेको छैन ।
बीएस ६ इन्जिनमा आएको प्यासन प्रोमा ११३.२ सीसी सिगंल सिलिन्डर, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ९.१५ बीएचपी र ५००० आरपीएममा ९.९७ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले प्यासनलाई अपडेट गरेर ल्याएको हो । यसको सस्पेन्सन पहिला भन्दा अपग्रेड गरेको छ । यसको फ्रन्ट सस्पेन्सनको ट्राभल रेन्ज पहिला भन्दा १४ प्रतिशत र रियर सस्पेन्सन १० प्रतिशतले लामो रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स समेत ९ प्रतिशतले बढेको छ ।
यो मोटरसाइकलमा सेमिडिजिटल कन्सोल, रियल टाइम माइलेज इन्डिकेटर जस्ता फिचर रहेको छ । कम्पनीले यो मोटरसाइकल डिस्क र ड्रम ब्रेक भर्सनमा ल्याएको हो । यो मोटरसाइकलको सुरुवाती मूल्य ६४ हजार ९९० भारतीय रुपैयाँ तोकिएको छ ।


