हिरोले यही महिना सार्वजनिक गर्दै नयाँ एक्सपल्स

काठमाडौं । हिरो एक्सपल्स २०० को सफलता उच्चतम बिन्दुमा रहेको छ । एक्सपल्स सिरिजकै अर्को मोटरसाइकल २०० टीले भने असफल भयो ।

हिरो मोटोपर्कले हिरो एक्सपल्स २०० टीको नयाँ भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले डिसेम्बर महिनाको अन्तिमसम्ममा नयाँ एक्सपल्स २०० टी सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०० टीको ४ भी भर्सन ल्याउने भएको हो ।

कम्पनीले लामो समयदेखि यो मोटरसाइकलको भारतीय सडकमा परीक्षण गरिरहेको छ । केही समय अघि एक्सपल्स २०० टीको आधिकारि तस्वीर इन्टरनेटमा सार्वजनिक भएको थियो ।

नयाँ मोडल एक्सपल्स २०० टी ४ भीमा एक्सपल्स २००को जस्तै फोर्क गेटर्स दिइएको छ त्यसका साथै नयाँ कलर र नयाँ ग्राफिक मोटरसाइकलमा देख्न पाइनेछ । यसका साथै यसमा अन्डर सिट मोबाइल चार्जिङ पोर्ट उपलब्ध हुनेछ ।

यसमा २०० सीसी सिंगल सिलिन्डर ४ भी इन्जिन हुनेछ । यो इन्जिनले १९.१ पीएस पावर तथा १७.३५ एनएम टर्क जेनेरेट गर्छ ।

पुरानो एक्सपल्स २०० टीको तुलनामा नयाँ भर्सन २०० टीको मूल्य ५ हजार भारतीय रुपैयाँले महंगो हुने अनुमान गरिएको छ ।


Back_to_top