हिरोले २५० सीसीको नेकेड स्पोर्टस मोटरसाइकल नाडामा देखाउने

काठमाडौं । हिराले नयाँ २५० सीसीको मोटरसाइकल भोलिदेखि हुने नाडा अटो शो २०२५ मा देखाउने भएको छ । यो हिरोले नेपाल भित्र्याएको अहिलेसम्मकै सबैभन्दा धेरै क्षमताको मोटरसाइकल हो ।

नेपालमा हिरो मोटरसाइकल बिक्री गर्ने कम्पनी सीजी मोटर्सले हिरो एक्स्ट्रीम २५० आर नाडामा देखाउने भएको हो ।

यसका अलावा कम्पनीले हिरो एक्सपल्स २१०, हिरो जुम १२५, जुम १६० र स्प्लेन्डर मोटरसाइकल सार्वजनिक गर्दैछ । यी मध्ये हिरो जुम १२५ र स्प्लेन्डरको बिक्री सुरु गर्दैछ भने अन्य मोडल प्रर्दशनिका लागि राखिने भएको हो ।

एक्स्ट्रीम २५० आरमा लो-स्लङ्ग हेडल्याम्प, सार्प एक्टेन्सनका साथ स्कल्प्टेड गरिएको इन्धन ट्याङ्की र अपस्वेप्ट गरिएको टेल सेङसन रहेको छ ।

यस मोटरसाइकलमा टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जसमा ब्लुटूथ मार्फत स्मार्टफोन कनेक्ट गर्न सकिन्छ । यसका साथै, यसमा टर्न बाइ टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, कल एसएमएस अलर्ट नटिफिकेसन, भेहिकल डायग्रोस्टिक मनिटरिङ सिस्टम, ड्र्याग टाइमर, ल्याप टाइमर, पूरा एलईडी लाइट जस्ता सुविधा फिचरहरू छन् ।

नेकेट स्पोर्टी डिजाइनमा भएको एक्स्ट्रीम २५० आरको फ्रन्टमा अप साइड डाउन फोर्क र रियरमा ६ स्टेप प्रिलोड एड्जस्टेवबल मोनोसक सस्पेन्सन सेटअप, ट्युबलेस टायर, अलोय ह्वील, दुवै टायरमा डिस्कब्रेकका साथै सिंगल च्यानल स्वीचेबल एबीएस सिस्टम पाउन सकिन्छ ।

कम्पनीले नयाँ हिरो एक्स्ट्रीम मोटरसाइकलमा २५० सीसी क्षमताको लिक्वीड कुल्ड, डीओएचसी, फोर भल्ब, एफआई इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ९ हजार २५० आरपीएममा ३० ब्रेकहर्स पावर तथा ७ हजार २५० आरपीएममा २५ एनएम टर्क जेनेरेट गर्छ ।

६ स्पीडको गियरबक्सका साथ स्लिपर र असिस्ट क्लच उपलब्ध यस मोटरसाइकलले ० बाट६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्रै ३.२५ सेकेण्डमा पूरा गर्ने कम्पनीको दाबी छ ।


Back_to_top