एक लाखभन्दा कम मूल्यसहित भारतमा हिराे एक्सट्रीम २०० एस

हिरो मोटो कर्पले भारतीय बजारमा दुई दिन अगाडि सार्वजनिक गरेको एक्सट्रीम २०० एस मोडल अहिले निकै चर्चामा रहेको छ । कम्पनीले पुरानो एक्स्ट्रीम २०० आरभन्दा यसलाई विल्कुलै फरक डिजानमा तयार गरेको छ । 

एक्सट्रीम २०० एसलाई कम्पनीले २०१६ अटो सोमा प्रर्दशनिमा राखेको हिरो एचएक्स–२५० आरको लुक्समा ल्याएको हो । बाइकलाई कम्पनीले नेकेड रोडस्टार डिजाइन दिएको छ । बाइकको फ्रन्टमा अग्लो विन्ड स्कृनका साथै फ्रन्टमा हेडलाइटदेखि इन्जिनसम्म पुरा भाइजरले ढाकिएको छ । 

यसले हिरो एक्सट्रीम २०० एसलाई स्पोर्टी लुक्स प्रदान गरेको छ । साथै कम्पनीले यसमा गरेको अर्को ठुलो परिर्वतन इन्स्टुमेन्ट कल्स्टरमा हो ।

यसमा रहेका साधारण एनालग कल्स्टरलाई कम्पनीले नयाँ सार्वजनिक गरेको बाइक एक्सपल्सको ब्लुटुथ कनेक्टिभिटी सहितको डिजीटल कल्स्टरले विस्थापन गरेको छ । यो बाइक भारत प्रदुषण मापदन्ड बीएस ६ अनुरुप बनाएको कम्पनीले जनाएको छ ।

१९६ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन एसओएचसी इन्जिनले  १८.४ पीएस पावर तथा १७.१ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य ९८ हजार ५०० भारतीय रुपैँया तोकिएको छ । 

यो बाइकलाई कम्पनीले सिंगल च्यानल एबीएस सहित बजारमा ल्याएको छ भने आगामि भदौ महिनासम्ममा नेपाली बजारमा आउने अनुमान गरिएको छ । नेपालमा हिरोका उत्पादन नेपाल जनरल मार्केटिङले बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top