काठमाडौं । नेपाली बजारमा नयाँ ब्राण्डको हेलमेट आएको छ । हाइकर ब्राण्डको हेलमेट नेपाली बजारमा आएको हो ।
हाइकर हेलमेट श्री एसटीसी ग्रुप अन्तर्गतको श्रीएसटीसी अटोले नेपाल ल्याएको हो । भारतीय बजारमा उत्पादन भएको हाइकरका उत्पादन आकर्षकसँगै सुरक्षीत रहेका छन् ।
सिएट टायरको अधिकृत बिक्रेता र नेपालमै ब्याट्री उत्पादनमा काम गर्दै आएको श्री एसटीसी ग्रुपले हेल्मेटको कारोबारमा समेत हात हालेको हो । कम्पनीले यी हेल्मेट आफ्नो यसअघि नै तयार डिलर नेटवर्कबाट बिक्री गर्ने जनाएको छ ।
‘हामी कम मूल्यमा गुणस्तरिय हेल्मेट कसरी ग्राहकलाई दिन सकिन्छ भनेर काम गरिरहेका छौं । हाइकर ब्राण्ड गुणस्तरमा राम्रो र हेर्दा आकर्षक भएकै कारण नेपालमा बिक्री सुरु गरेका हौं’, श्रीएसटीसीका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रतीले मेरोअटोसँग भने ।
कम्पनीले ३० भेरियन्टमा हेलमट नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले हाफ हेलमेट, फुल हेलमेट, मोटोक्रस लगायतका बिभिन्न डिजाइनमा हेलमट बिक्री सुरु गरेको हो ।
श्री एसटीसी अटोले बिक्री गर्ने हाइकर हेलमेटको सुरुवाती मूल्य ३ हजार ३५ रुपैयाँ रहेको छ भने सबैभन्दा माथिल्लो भेरियन्टको मूल्य ४ हजार ९२७ रुपैयाँ रहेको छ ।

कम्पनीका उत्पादनहरुमा एन्टी थेफ्ट लकिङ सिस्टम, धुन मिल्ने प्याड, स्क्रयाच रेसिस्टेन्स भाइजर दिइएको छ । हाइकरका हेलमेटहरु भारतीय गुणस्तर मापदण्ड पुरा गरेका छन् ।


