काठमाडौं-शेन्जेन सिधा उडान गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको शेन्जेन सिधा उडान गर्ने भएको छ । एयरलाइन्सले यही जेठ २१ गतेदेखि काठमाडौं-शेन्जेन-काठमाडौं सिधा उडान सेवा सुरू गर्ने घोषणा गरेको हो ।

एयरलाइन्सले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा साताको दुई उडान गर्ने भएको हो ।

एयरलाइन्सका अनुसार काठमाडौंबाट प्रत्येक साताको मंगलबार र बिहीबार जहाज शेन्जेन जानेछ भने शेन्जेनबाट बुधबार र शुक्रबार काठमाडौं फर्कने छ ।

यो सेवा नेपाल-चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले यात्?को मागका आधारमा भविष्यमा उडान संख्या थप्ने योजना पनि बनाएको उल्लेख गरेको छ ।

एयरलाइन्सले काठमाडौँ-शेन्जेन उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास गरेको छ । व्यक्त गरे।

शेन्जेन चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित छ । त्यहाँ विश्वका प्रमुख प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्र छन् ।


Back_to_top